कालिकामा चुनावी प्रतिस्पर्धा

  प्रकाशित मिति
९ माघ २०७५, बुधबार ०८:३८


धाइजन । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगरको आसन्न निर्वाचनमा दुई पक्षबीच चुनावी प्रतिष्पर्धा हुने पक्का भएको छ ।
आउँदो शनिबार हुने निर्वाचनका लागि प्रगतीशिल तथा परिवर्तन पक्षधर समूह र लोकतान्त्रिक गठबन्धन बीच प्रतिष्पर्धा हुने निश्चित भएको हो । योगराज भट्टराई (योगेश) नेतृत्वको प्रगतीशिल तथा परिवर्तन पक्षधर समूह र ज्ञानु तामाङ (वीरबहादुर) नेतृत्वको लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा छन् ।

पदाधिकारी र सदस्य गरी १५ जनाको कार्यसमिति चयन गर्न हुन लागेको निर्वाचनका लागि प्रगतीशिल तथा परिवर्तन पक्षधर समूहमा नेकपाका उम्मेद्वार छन् । त्यस्तै, लोकतान्त्रिक गठबन्धनमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, सङ्घीय लिम्बुवान मञ्च नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकका उम्मेद्वार छन् ।

प्रगतीशिल तथा परिवर्तन पक्षधर समूहबाट अध्यक्ष पदमा योगराज भट्टराईसहित उपाध्यक्षमा पवित्रा मेचे, सचिवमा मैना राजवंशी, सहसचिवमा गोपाल तिम्सिना र कोषाध्यक्षमा विशु मेचेले उम्मेद्वारी दिएका छन्  ।

उक्त प्यानलको सदस्यमा महिलातर्फ क्षेत्र नम्बर १ बाट कृष्णमाया चौधरी, २ बाट जमुनादेवी प्रसाईं, ३ बाट पोक्ची मेचे र ४ बाट रामवती चौधरी उम्मेद्वार छन् । पुरुषतर्फ सदस्यमा क्षेत्र नम्बर १ बाट सुकुमार ओली, २ बाट लालबहादुर कार्की, ३ बाट कृष्ण मेचे, ४ बाट लिलबहादुर बराइली र ६ बाट पूर्ण लावती उम्मेद्वार छन् ।

त्यसैगरी, लोकतान्त्रिक गठबन्धनबाट अध्यक्ष पदमा ज्ञानु तामाङसहित उपाध्यक्षमा मुन्ना धिमाल, सचिवमा उमा सुब्बा (बोहोरा), सहसचिवमा अनिल मेचे र कोषाध्यक्षमा भीम मादेनको उम्मेद्वारी परेको छ ।

सो प्यानलको सदस्यमा महिलातर्फ क्षेत्र नम्बर १ बाट कविता मेचे, २ बाट लक्ष्मी सिटौला, ३ बाट रिता सिलवाल र ४ बाट सृष्टि बस्याल मेचे उम्मेद्वार छन् । पुरुषतर्फ सदस्यमा क्षेत्र नम्बर १ बाट सरोज सुवेदी, २ बाट प्रकाश तामाङ, ३ बाट गोपाल खवास, ४ बाट ज्ञानबहादुर खवास र ६ बाट अमूल्य राजवंशी उम्मेद्वार छन् । उक्त प्यानलको क्षेत्र नम्बर ५ बाट सदस्य पदमा कैलाश थापा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

यस्तै, समूहको लेखा समिति चयन गर्न सदस्यमा प्रगतीशिल तथा परिवर्तन प्यानलबाट ५ जना र लोकतान्त्रिक प्यानलबाट ४ जनाले उम्मेद्वारी दिएका छन् ।

प्रगतीशिलबाट यामनाथ अधिकारी, तीर्थ आचार्य, कविलाल मेचे, मनोज खरेल र महिला सदस्यमा जलकुमारी दङ्गाल उम्मेद्वार बनेका हुन् । त्यस्तै, लेखा समिति सदस्यमा लोकतान्त्रिकबाट गोपाल कार्की, सन्दीप पौडेल (पप्पु), नरेश महरा र महिला सदस्यमा रञ्जना खरेल (सिटौला) उम्मेद्वार छन् । निर्वाचन समितिका अनुसार लेखा समिति सदस्य पदमा यसअघि नै प्रगतीशिलबाट रञ्जु पौडेल र लोकतान्त्रिकबाट गोमा खनाल निर्विरोध भइसकेका छन् ।

निर्वाचन र मनोनयनबाट पुरुष ४ र महिला ३ गरी समूहको लेखा समिति ७ सदस्यीय हुने निर्वाचन समिति संयोजक नरेन्द्रकुमार विष्टले जानकारी दिए । उनका अनुसार समूहको चुनाव गराउन ८ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ भने समूहका २ हजार १ सय ४० उपभोक्ता मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: