कालिका बनको साधारण सभा

  प्रकाशित मिति
२९ पुष २०७८, बिहीबार २१:२५


मेचीनगर, २९ पुस । कालिका सामुदायिक बन उपभोक्ता समूह मेचीनगर–११ र १२ को २६ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
सामुदायिक बनको कार्यालय परिषरमा आयोजित साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले गरेका गरे ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले मेचीनगरमा रहेका सामुदायिक बन तथा सिमसार क्षेत्रलाई नगरको मातहतमा ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । उनले भने,‘स्थानीय तहको निर्वाचनपछि शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका कार्यक्रम स्थानीय सरकारको मातहतमा आएको छ ।

अव सामुदायिक बनलाई समेत स्थानीय तहको मातहतमा ल्याउने हाम्रो योजना छ । त्यसको लागि सम्बन्धीत निकायसँग छलफल भइरहेको छ ।’

नगर प्रमुख आचार्यले नगरमा रहेका सामुदायिक बनहरुलाई बन पर्यटनको रुपमा विकास गरेर नगरको लागि आम्दानीको भरपर्दो श्रोत बनाउन सकिने बताए । सरकारले २०५१ सालदेखि बन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि पर्या पर्यटनको विकासमा उपभोक्ता समितिले उदहरणीय काम गरिरहेको उनको भनाई थियो ।

कालिका सामुदायिक बनले सिमसार क्षेत्रको विकास सँगै आकर्षक पर्यटकीय संरचनाहरु निर्माण गरेर नगरमा फरक पहिचना स्थापित गरेको उनले बताए । सो क्षेत्रमा चिडियाघर निर्माण गर्न सके यसले थप सफलता पाउँने उनको भनाई थियो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देशमा सक्रिय हुन लागेको बताउँदै नगर प्रमुख आचार्यले अनावश्यक रुपमा भारत नजान र सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा सामुदायिक बनका तर्फबाट मागुरमाणि सामसदायिक बन बिट नं. १ का अध्यक्ष अमर लिम्बू, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष रामकुमार रिजाल, नेपाली काँग्रेस मेचीनगर १२ का सभापति बिरबहादुर तामाङ, नेकपा एमाले वडा नम्बर १२ का ईन्चार्ज शिवलाल प्रसाई लगायतले बोलेका थिए ।

समुदायिक बनका अध्क्षयक्ष योगेश भट्टराईको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष भट्टराईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दिगो बन व्यवस्थापन अन्र्तगत वि.स.२०५३ सालदेखि दिगो बन व्यवस्थापनमा रही व्यवस्थापन गर्दै २१२ हेक्टर क्षेत्रफलमा फैलिएको यस बनलाई २०७३ देखि नयाँ नीति तथा कार्यक्रम अन्र्तगत १९९ हेक्टर वैज्ञानिक वन व्यवस्थापन र १३ हेक्टरमा सिमसार क्षेत्र विभाजन गरी संरक्षण गरिएको र वातावरणीय संरक्षण तथा पर्या पर्यटनमा महत्वपूर्ण काम भइरहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

समितिले हालसम्म पर्यटकहरुलाई आकर्षित गर्न ट्रि हाउस, ओभर बृज, मेचीनगर झरना, कालिका स्तम्भ, बाल उद्यान लगायतका संरचना निर्माण गरिसकेको छ । बनमा १२५४ घर धुरी रहेका छन् ।

उपाध्यक्ष पवित्रा मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मैना राजवंशीले गरेकी थिइन् । साधारण सभाले नयाँ नेतृत्व चयन गर्न नरेन्द्रकुमार बिष्ट संयोजक रहेको ७ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ ।

समितिको सचिवमा नरेश मोहरा, सदस्यहरुमा नरेन्द्र मेचे गच्छामे, शक्ति थेवे, कल्पना कुँवर लगायत रहेका छन् । निर्वाचन समितिले माघ २९ सम्ममा निर्वाचन गराउने छ ।

।। डम्बर बराल ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: