कालिका बनमा योगेशको समूह विजयी

  प्रकाशित मिति
१४ माघ २०७५, सोमबार ०८:५०


विमर्श उप्रेती

धाइजन । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगरको शनिबार सम्पन्न निर्वाचनमा सदस्य पदका एक उम्मेद्वार बाहेक योगेश भट्टराई नेतृत्वको प्यानल नै विजयी भएको छ ।

प्रगतिशील तथा परिवर्तन पक्षधर समूहबाट उम्मेद्वारी दिएका भट्टराई अध्यक्ष पदमा पुनः भारी मतका साथ निर्वाचित भएका हुन् ।

सर्वाधिक १ हजार १३ मत प्राप्त गरी विजयी भएका भट्टराईले उनका प्रत्यासी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार ज्ञानु तामाङ (वीरबहादुर) लाई ४ सय ५० मत अन्तरले पराजित गरेका हुन् । अध्यक्ष पदमा उपविजेता बनेका तामाङले ५ सय ६३ मत पाएका छन् ।

प्रगतिशील तथा परिवर्तन पक्षधर समूहबाट उपाध्यक्ष पदमा पवित्रा मेचेले ९ सय १३, सचिवमा मैना राजवंशीले ८ सय ९१, सहसचिवमा गोपाल तिम्सिनाले ८ सय २४ र कोषाध्यक्षमा विशु मेचे ८ सय ९६ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै, सदस्य पदमा प्रगतिशील तथा परिवर्तन पक्षधर समूहको क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका लिलबहादुर रसाइलीलाई पराजित गर्दै लोकतान्त्रिक गठबन्धनका प्रत्यासी ज्ञानबहादुर खवास विजयी भएका छन् ।

प्रगतिशील तथा परिवर्तन पक्षधर समूहबाट महिला सदस्यका उम्मेद्वार क्षेत्र नम्बर १ बाट कृष्णमाया चौधरी, २ बाट जमुनादेवी प्रसाईं, ३ बाट पोक्ची मेचे र ४ बाट रामवती चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, पुरुष सदस्य तर्फका उम्मेद्वार क्षेत्र नम्बर १ बाट सुकुमार ओली, २ बाट लालबहादुर कार्की, ३ बाट कृष्ण मेचे र ६ बाट पूर्ण लावती निर्वाचित बनेका हुन् ।

त्यसैगरी, लेखा समिति सदस्य पदमा प्रगतिशील तथा परिवर्तन पक्षधर समूहबाट उम्मेद्वार बनेका यामनाथ अधिकारीले ९ सय ५०, तीर्थ आचार्यले ७ सय ७१, कविलाल मेचेले ७ सय २८, मनोज खरेलले ९ सय १३ र महिला सदस्यमा जलकुमारी दङ्गाल ८ सय ६२ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै गरेर लोकतान्त्रिक गठबन्धनका तर्फका उम्मेद्वारहरु उपाध्यक्षका मुन्ना धिमालले ६ सय ३, सचिवका उमा सुब्बा (बोहोरा) ले ६ सय ३१, सहसचिवका अनिल मेचेले ६ सय ७६ र कोषाध्यक्षका भीम मादेनले ५ सय ८८ मत पाएका थिए ।

उक्त प्यानलबाट महिला सदस्यतर्फ क्षेत्र नम्बर १ बाट कविता मेचे, २ बाट लक्ष्मी सिटौला, ३ बाट रिता सिलवाल र ४ बाट सृष्टि बस्यालले उम्मेद्वारी दिएका थिए ।

सोही प्यानलबाट पुरुष सदस्तर्फ क्षेत्र नम्बर १ बाट सरोज सुवेदी, २ बाट प्रकाश तामाङ, ३ बाट गोपाल खवास र ६ बाट अमूल्य राजवंशी उम्मेद्वार थिए । क्षेत्र नम्बर ५ बाट भने यसअघि नै सदस्य पदमा कैलाश थापा निर्विरोध भइसकेका छन् ।

त्यस्तै, लेखा समिति सदस्य पदमा सो प्यानलबाट गोपाल कार्की, सन्दीप पौडेल (पप्पु), नरेश मोहरा र महिला सदस्यमा रञ्जना खरेल (सिटौला) उम्मेद्वार भएका थिए ।

समितिको लेखा समितितर्फ महिला सदस्य पदमा यसअघि नै प्रगतिशील तथा परिवर्तन पक्षधर समूहबाट रञ्जु पौडल र लोकतान्त्रिक गठबन्धनबाट गोमा खनाल निर्विरोध भइसकेका छन् ।

२ हजार १ सय ३३ कुल मतदाता रहेका सो वनको शनिबार सम्पन्न निर्वाचनमा १ हजार ६ सय ६३ मत खसेको थियो भने ५ प्रतिशत मत बदर भएको निर्वाचन समिति सदस्य विजय सिटौलाले जानकारी दिए ।

समूहको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रगतिशील तथा परिवर्तन पक्षधर समूहमा नेकपा तथा लोकतान्त्रिक गठबन्धनमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, सङ्घीय लिम्बुवान मञ्च नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकका उम्मेद्वार थिए ।

पदाधिकारी र सदस्य गरी १५ सदस्यीय कार्यसमिति चयनका लागि चुनाव भएको तथा निर्वाचन र मनोनयबाट पुरुष ४ र महिला ३ गरी समूहको लेखा समिति ७ सदस्यीय हुने निर्वाचन समितिले जनाएको छ ।

समूहको चुनाव सम्पन्न गर्न गराउन नरेन्द्रकुमार विष्टको संयोजकत्वमा ८ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: