धाइजन । धाइजनस्थित कालिका समूदायिक वन उपभोक्ता समितिको २० औं साधारणसभाबाट अध्यक्ष योगेश भट्टराई निर्वाचित भएका छन् ।
भट्टराई प्रतिद्वन्द्वी विरबहादुर तामाङ (ज्ञानु) लाई भारी मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । तामाङले ६ सय ९० मत प्राप्त गरेका थिए भने भट्टराईले ८ सय ७० मत प्राप्त गरेका थिए ।
त्यसैगरी समितिको उपाध्यक्षमा ८ सय ४१ मत ल्याएर पवित्रा मेचे निर्वाचित भएकी छिन् । उनकी प्रतिद्वन्द्वी मुना धिमालले ६ सय २९ मत हासिल गरेकी छिन् ।
सचिवमा विशु मेचे ८ सय ९८ मत प्राप्त गरेर निर्वाचित भएकी छिन् । सहसचिवमा श्याम उप्रेती (५६१) मत लाई उछिन्दै गोपाल तिम्सिनाले (९०७) मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा लक्ष्मी सिटौला (५६४) मतलाई उछिन्दै मैना राजवंशी (९०७) मतले निर्वाचित भएकी छिन् ।
त्यसैगरी समितिको सदस्यमा खेमराज राई, बालिका मैनाली, लालबहादुर कार्की, शशीकला लिम्बू, कृष्ण मेचे, कला भण्डारी, आशा चौधरी, लिलबहादुर बराइली, प्रविण रिमाल, पूर्ण लावती निर्वाचित भएका छन् ।
साधारणसभाले वनको विधान संशोधन गरी प्रत्यक्ष निर्वाचनबाट समिति चयन गर्ने भए पछि निर्वाचन गरिएको हो ।
नवनिर्वाचित पदाधिकारीको भेलाले थप २ सदस्यीय छनोट गरी १७ सदस्यीय कायर्समिति बनाउने निर्णय गरेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
कालिका सामुदायिक वनले एउटा सदस्यको परिवारका श्रीमान् र श्रीमति दुई जनाले मतदान गर्न पाउने व्यवस्था गरेको छ । अन्य सामुदायिक वनले भने एउटा सदस्यको घरबाट एउटा मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।
धाइजन गाविसको १, २, ३, ४, ५, र ६ वडाका १ हजार १ सय ५३ घर उपभोक्तालाई सेवा दिइदै आएको कालिका सामुदायिक वन उपभोक्ता समिति १९९ दशमलव ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।