‘कालीपोके’ले हराएको प्रसाइँको दावी

  प्रकाशित मिति
२८ असार २०७४, बुधबार ११:५७


uml 27 9काँकरभिट्टा । मेचीनगरको चुनावमा मेयर पदमा पराजित एमाले उम्मेद्वार विष्णु प्रसाइँले आफु ‘अन्तरघात’को गम्भीर शिकार भएको दावी गरेका छन् ।

पार्टीले मङ्गलवार आयोजना गरेको बिजय र्यालीको समापन समारोहलाई यहाँ सम्बोधन गर्दा ‘अन्तरघाती’हरुले आफुलाई चुनावमा हराएको आरोप लगाए ।

प्रदेश नं. १ का सदस्य समेत रहेका एमाले नेता प्रसार्इँले अन्तरघातीहरुलाई ‘कालीपोके’को संज्ञा दिदै तिनलाई कुनै हालतमा कार्वाही गरिने चेतावनी दिए ।
‘मलाई आफ्नै पार्टीका साथीहरुले हराए’, उनले सम्बोधनका क्रममा भने–‘तिनीहरु मकैको घोगामा लाग्ने कालीपोके जस्तै हुन् ।’

कालीपोके लागेको घोगाबाट मकैको विऊ नउम्रिने उदाहरण प्रस्तुत गर्दै नेता प्रसाइँले एमालेका कालीपोकेहरुलाई अब एउटा पनि बाँकी नराखी फ्याँकिने जिकीर गरे ।

उपमेयर मीना पोखरेलले समेत कार्यक्रमलाई सम्बोधन गरेकी थिइन् । उनले बोल्ने क्रममा मेयर र वडा नं. ६ को वडाध्यक्ष पदमा पार्टीका उम्मेद्वारले पराजित हुनु परेको विषयमा पीडा अनुभूति भएको बताएकी थिइन् ।

नेकपा एमालेभित्र मेचीनगरमा मेयरको उम्मेद्वार हार्नुका पछाडिको कारण बारे विवादास्पद चर्चाहरु हुन थालेका छन् । केही दिन अघि पार्टीका अध्यक्ष केपी ओलीले विर्तामोडमा बोल्दै मेचीनगरको पराजयका पछाडिको विभिन्न कारणमध्ये एउटा कारण ‘अन्तरघात’ भएको हुनसक्ने बताएका थिए ।

अध्यक्ष ओलीले झापाको मेचीनगर, गौरादह, हल्दिबारी र बुद्धशान्तिमा पार्टीले प्रमुख पद हार्नुको कारण देखाउन पार्टीको जिल्ला नेतृत्वलाई सात दिने अल्टिमेटम दिएका छन् ।

मेचीनगरको वडा नं. ६ मा मेयरका उम्मेद्वार प्रसाइँलाई अन्य उम्मेद्वारको तुलनामा अति न्यून मत आउनुलाई प्रसाइँ पक्षले अन्तरघातको रुपमा व्याख्या गर्दै आएको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: