भद्रपुर, १९ असोज । कोभिड १९ को कारण विगतमा झै भद्रपुर १० स्थित काली मन्दिरमा सार्वजनिक जमरा राख्ने कार्य यो वर्ष स्थगित गरिएको छ । मन्दिर संचालक समितिको आइतवार वसेको बैठकले कोभिड १९ को महामारीका कारण सरकारले धार्मिक स्थलहरु मन्दिर संचालन र भेला हुन समेत बन्देज गरेको कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय भएको समितिका सचिव यसोदा कोइरालाले जानकारी दिए ।
काली मन्दिरमा वर्षो अघिदेखि हिन्दु धार्मिक विधि अनुसार वडा दशैको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गर्ने गरि आएकोमा यो वर्ष स्थगित गरिएको काली मन्दिर निर्माण व्यवस्थापन समतिका अध्यक्ष भीम पौडेलले जानकारी दिए ।
उनले कोभिडले मुलुक आक्रान्त भएको वेला जमरा राख्ने कार्य स्थगित गरेको बताए । मन्दिरको पुननिर्माण कार्य भइरहेकोले पौडेलले दाता महानुभावहरु संग खुला हृदयले सहयोग गर्न पनि अपिल गरेका छन् ।