किचकबधको डस्टविनभरि खोयाबिर्के

  प्रकाशित मिति
७ जेष्ठ २०७६, मंगलवार ०९:२७


पृथ्वीनगर । धार्मिक स्थलको रुपमा परिचित किचकबधमा घुमघामका लागि आउने कतिपय युवाहरुले धार्मिकथलभित्रै मदिरा सेवन गर्दा समेत नजिकैको प्रहरीले थाहा पाउने गरेको छैन ।

महाभारतकालीन मिथकमा आधारित किचकबध स्थलमा सतिदेवी लगायतको मन्दिर छ भने वरिपरि घेराबेरा र परिसरभित्रै प्रहरीको व्यारेक रहेको छ ।

बाहिरबाट आउने कतिपय युवाहरुले धार्मिक स्थलभित्र दिउँसै वियर पिउने गरेका छन् । लोकतन्त्र पोस्टको टिम एक दिउँसो त्यहाँ पुग्दा केही युवाले डस्टविनमा वियरका बोतल छाडेको प्रत्यक्ष भेटेको थियो ।

वियरका बोतल छाड्नेमध्येका एक युवाले किचकबध एकान्तस्थल भएकाले मनोरञ्जनका लागि उपयुक्त थलो भएको प्रतिक्रिया दिए ।

परिसरको प्रवेशद्वारमा हाल व्युटिफिकेसनको काम धमाधम भइरहेको छ । एक कामदारले वियर र चुरोट पिउनेहरुलाई प्रहरीले समेत चासो नदिएको बताए ।

व्यारेकमा भेटिएका एक प्रहरीले यस विषयमा कमाण्डरसँग नै प्रतिक्रिया लिन भने । प्रहरी कार्यालयका प्रमुखसँग फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: