मेचीनगर । भद्रपुर–२ र ३ स्थित धार्मिक ऐतिहासिक, पुरातात्विक तथा पर्यटकिय क्षेत्र किच्चकवधमा नयाँ पार्क निर्माण भएको छ ।
विहीबार उक्त पार्कको झापा क्षेत्र न.३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले उद्घाटन गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि सांसद बानियाँ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, कार्यपालिका सदस्य कौशल्या अधिकारी, नेकपाका युवा नेता असारु राजवंशी लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारको गत आ.व.को ८५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको पार्कको २०७६ चैत १० गते शिलान्यास गरिएको थियो ।
पार्कमा फन पार्क, चिल्ड्रेन पार्क, विद्युगिय रेल, आधुनिक शौचालय, उर्यटकहरुका लागि पक्की पैदल मार्ग लगायतका संरचना निर्माण गरिएको छ ।
किच्चकवध संरक्षण सिमितिका संयोजक दिलबहादुर थेवेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।