किन गरिन् उनले दुनियाँलाई अलविदा

  प्रकाशित मिति
१० कार्तिक २०७४, शुक्रबार १४:१४


nita

आत्महत्या रहर कि बाध्यता ? यसबेला झापा जिल्लाको बिर्तामोडमा एक सुन्दर युवतीले तिहारको भोलिपल्ट आफ्नै घरमा झुण्डिएको दृश्यले सयाँै सवालहरु मानिसका मनभित्र उठेको छन् । रिचा सेडाइँ (रेखा) नाम गरेकी ती युवती हेर्दा अत्यन्तै सुन्दर त थिइत्रन् नै साथै मेधावी विद्यार्थीसम्म रहेको तथ्य देखिन्छ । उनले लेखिएको सामाजिक सञ्जाल फेसवुकको स्टाटस्हरुमा मृत्युको कारण गरीवी नै भएको उल्लेख गरेकी छन् । के एउटी होनाहार तथा मेधावी छात्रा त्यो पनि साइन्स जस्तो विषयमा दक्ष प्रतिभा यसरी पलायनको बाटो समाउनुलाई सामान्य घटना या दुर्घटनामात्र लिन सकिएला ? यो गम्भीर विषय बन्न पुगेको छ ।

पक्कै पनि दृष्यमा देखिएको अदृष्यता मानसिक विचलन मात्र नभएर एउटा सामाजिक दर्दनाक घटना हो । यस्ता घटनाहरु घटाइनु या घट्नुमा सिङ्गो समाज जिम्मेवार ठहरिन्छ । कस्तो विडम्वना भन्नु यो, एउटी छोरी मर्छे आफ्नो शैक्षिक योग्यता अगाडि बढाउन नपाएर । उसको महत्वकांक्षा या इच्छा पूर्ति गर्ने जिम्मेवारी के उसको परिवारको मात्रै हो र ? मेधावी छात्रा राज्यको गहना होइन र ? अनि यस्तो गहनाको संरक्षण गर्ने कार्य समाज र राष्ट्रको उत्तरदायित्व बन्दैन र ? के एउटी छोरीले गरीव परिवारमा जन्मदैमा उसको सम्भावना र क्षमताले यसै गरी पलायनको बाटो रोज्नै पर्छ र ? हरेक सामाजिक व्यक्तिको दायित्व समाजलाई व्यवस्थित बनाउनु र समाजलाइ परिवर्तनको बाटोतर्फ डोर्याउने हुनुपर्छ । यो घटनालाई मानसिक विक्षिप्तता मात्र भनेर कसैले पन्छन मिल्दैन । सहजरुपमा यो विषयलाई सामान्य तुल्याउनु पनि हँुदैन । यस विषयमा गहन सामाजिक अनुसन्धान हुनु जरुरी हुन्छ ।

कुनै पनि घटनाहरु आकस्मिक रुपमा घट्दैनन् । घटना हुनुको निम्ति कारण र सम्बन्धहरुको गहिरो सम्बन्ध अन्तरनिहीत हुन्छ । यो मृत्युबाट मानिसले धेरै पाठ सिक्न र सिकाउन सक्नुपर्छ । मर्ने त मरिनै सकिन् ज्यूँदो तुल्याउन सकिँदैन । तर, यस्ता प्रकृतिका घटना नघटोस् पछिका दिनहरुमा भनेर हरेक सन्तानका आमावुवा भने सचेत हुनैपर्छ । मर्ने रहर कसैलाई हँुदैन । त्यसमाथि १८÷१९ वर्षको खाने, लाउने, केही गरौँ भन्ने उमेरमा । यो कलिलै उमेरमा किन गरिन् उनले ? यो मायावी दुनियाँलाई अलविदा ? के–के हुन सक्छन् उनलाई यति धेरै जीवनप्रति उदास बनाउने जड तत्वहरु ? त्यसको खोज सामाजिक अनुसन्धान हुन नसकेसम्म उनको मृत्युको वास्तविकता थाह पाउन निकै गाह्रो हुनसक्छ । कानुनीरुपमा उनको मृत्यु आत्महत्या पुष्ट्याइँ होला । सामाजिक रुपमा उसलाई कायरकै रुपमा दया देखाइएला । तर, वास्तविकता त्यतिमै सीमित नहुन सक्छ । एउटी छोरीलाई पढाइ लेखाई यो तहसम्म पुर्याउने ती आमावुवा कस्तो सपना तुनेर छोरीलाई यहाँसम्म पुर्याउन सक्षम भएका थिए । अनि यहाँसम्म आइपुगेकी छोरी किन यति कायरतापूर्वक इच्छा मृत्यु वरण गर्न पुग्छे । अवश्य त्यहाँ गरिवी मात्रै कारण थिएन होला ? यदि गरिबी मात्रै कारण हो भने किन बुझ्न सकिनन् तिनले । संसार धनीहरुकै मात्र पनि हैन, संसार त चमत्कार गर्नेहरुको औँलामा नाच्दछ । नदेखिएका अनेकाँै सुक्ष्म दृष्य या घटनाहरु हुन्छन्, जसले मानवीय संवेदनशीलतालाई नजानिँदो असर पारिरहेको हुन्छ । त्यस्ता संवेदनशीलता माथि ठेस पुग्दा पनि मानिस उदासीन बन्न पुग्छन् ।

सामाजिक मूल्य मान्यता नै कहिलेकाँही मानिसको जीवनमा निरसताको कारण बन्न पुग्छ र पलायनको बाटो रोज्न पुग्छ । इज्जत, प्रतिष्ठामा आँच आउने भएमा, ब्ल्याक मेलिङमा परेर, प्रेम र अभाव आदि जस्ता कुराले पनि आत्महत्यालाई उत्प्रेरित पारेको देखिन्छ । यो सबै सामाजिक व्रिmयाकलाप नै हुन् । सामाजिक संरचना भित्रैको एउटा पाटो हो, सामाजिक विचलन आउनु पनि । सामाजिक विचलन आउन नदिन परिवार र समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ । गरिवी आफैँमा न त रोग नै हो न त भाग्य नै मानिसको दरिद्र मानसिकताले नै गीरबीलाई भाग्य या असक्षमता तुल्याइदिएका कारण केटाकेटी, तरुणतन्नेरीलाई गरिवीका कारण केही गर्न नसकिने भ्रम आजको बदलिँदो समाजमा देखिन्छ । यस्तो भ्रमबाट केटा केटीहरुलाई बाहिर निकाल्न नसक्नुकै कारण अकल्पनीय लाग्ने घटनाहरु घट्न पुग्दछन् ।
आत्महत्या गर्ने कुरा कुनै नयाू घटना हैन । तर, जसरी घटन पुगेका छन् त्यसरी घट्न नदिनु र रोकथाम गर्न सक्नु पक्कै सामाजिक दायित्य बन्छ । आज मेडिकल जस्तो विषय पढ्न सर्वसाधारणका निम्ति पहाड फोर्नु जत्तिकै बन्दै गइरहेको छ । मेधावी र अत्यन्तै तेज विद्यार्थी पनि अभावका कारण चाहे जस्तो विषय पढ्न नपाउँदा आफ्नो जविन व्यर्थ ठान्न पुग्छन् भने त्यस्तो विषयमाथि गहन छलफल शैक्षिक क्षेत्रमा हुनु जरुरी छ । समाजमा छलफल हुनु जरुरी छ । घटनाव्रmमको वास्तविकतालाई हाम्रो नजरले नहेरी उनीहरुको भोगाइ, बुझाइ, परिस्थिति र स्थितिको राम्रोसूग अध्ययन गरी उनीहरुकै भाषा र शैलीमा बुझ्नु पर्छ अनि मात्र सामाजिक अनुसन्धान सत्यसम्म पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: