किरणले खोले मिडिया प्रोडक्सन

  प्रकाशित मिति
२५ माघ २०७२, सोमबार १५:५४


drone

झापाली कलाकार किरण खतिवडाले फिल्म मेकर सम्बन्धी कार्य गर्ने अत्याधुनिक प्रविधि जिल्लामै भित्र्याएका छन् । इन्स्पायर मिडिया प्रोडक्सन हाउस प्रा.लि. दर्ता गरेर बिर्तामोड–२स्थित आफ्नै घरमा अत्याधुनिक फिल्म स्टुडियो सञ्चालनमा ल्याएका हुन् ।

प्राविधिक रुपमा नेपालमै पहिलोपटक द्धप चबध मचयलभ धष्तज ायिियध mयमभ जिल्लामा उनले भित्र्याएको उनले दावी गरे ड्रोन उपकरणले ५ हजार फिटसम्म उडेर खिच्न सक्ने उनी बताउँछन् । यो उपकरण प्रयोग गर्दा ‘ठूला ठूला झन्झटिला क्रेनहरु प्रयोग गरिरहनु पर्दैन उनले भने – ‘यो क्यामरा नेपाली चलचित्र क्लासिकमा प्रयोग गरिएको छ ।’ जुन चलचित्र माघ २९ गते रिलिज हुँदैछ । प्रा.लि.ले स्टिल फोटोको लागि क्यानन ठम् क्यामेरा पनि प्रयोगमा ल्याएको छ ।

पोष्ट प्रोडक्सन र अफिस रुम राखेर काम शुरु गरेको प्रा.लि.ले रेकर्डिङ स्टुडियो ग्रीन क्रोमा रुम, र फिल्म सुटिङ स्टुडियो सञ्चालनमा ल्याउने योजना अघि सारेको छ । खतिवडाका अनुसार ३२ लाख रुपैयाँ खर्च गरेर यी उपकरण भित्र्याइएको हो । उनी लामो समयदेखि कला क्षेत्रमा सक्रिय छन् । खतिवडा १० वर्षसम्म दुबई बसेर झापा फर्केका हुन् ।

दुबई बसाई क्रममा उनले थुप्रै भिडियो गीतको निर्देशन र त्यसमा अभिनय समेत गरिसकेका छन् । ‘विदेशमा बस्दा थुप्रै संघर्षका साथ अनुभव पनि बटुलेको छु । विगत सम्झँदै खतिवडा भन्छन् – ‘हामी जहाँ भए पनि हाम्रो कला र संस्कृति कहिल्यै भुल्नु हुँदैन । खतिवडा मोफसलमा बसेर जस्तोसुकै काम गर्न हिम्मतका साथ लागेका छन् । ‘हामीसँग रहेका प्रविधि नेपालमा दुर्लभ हो’ उनले भने – यसको माग फिल्मी क्षेत्रमा छ, आर्थिक हिसाबले खर्चालु भए पनि यो गुणस्तरीय छ । प्रा.लि.मा ४ जना दक्ष कर्मचारी छन् । उनीहरुकै साथ र सहयोगमा खतिवडाले उच्च स्तरीय प्रविधिमार्फत फिल्म मेकिङमा काम थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: