किराँत महोत्सवमा २० लाख उठ्यो

  प्रकाशित मिति
२८ फाल्गुन २०७६, बुधबार १९:१८


भद्रपुर । भद्रपुर–८ स्थित किराँत कोलोनी चौकमा रहेको किराँत सामुदायिक भवन निर्माण कार्यलाई पूर्णता दिने उद्देश्यले सञ्चालित महोत्सवबाट २० लाख रुपैयाँ बढी रकम सङ्कलन भएको छ ।

गत माघ २४ गतेदेखि फागुन २४ गतेसम्म सञ्चालित १० औं किराँत महोत्सवबाट २० लाख ६८ हजार २ सय रुपैयाँ सङ्कलन भएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत हिसाब सार्वजानिक गरिएको हो ।

महोत्सवबाट प्राप्त आम्दानी र खर्चसहितको बजेट सार्वजनिक गर्दै किराँत कल्याण समितिका सदस्य मनोज सुब्बाले आम्दानी भएको रकम मध्येबाट महोत्सव सञ्चालनमा १९ लाख २४ हजार ४१० रुपैयाँ खर्च भएको बताउँदै खर्च कटाएर बचत रहेको १ लाख ४३ हजार ७९० रुपैयाँ किराँत कल्याण समितिको भवन स्तरउन्नतिमा खर्च गरिने बताए ।

उनले महोत्सवबाट ३० लाख रकम सङ्कलन गर्ने लक्ष्य लिए पनि कोरोना भाइरसको त्रास तथा तत्काल आएको मौसमी परिवर्तनका कारण अपेक्षित रकम सङ्कलन हुन नसकेको बताए ।

राष्ट्रिय स्तरका कलाकारहरुमा मात्र १६ लाख ८८ हजार ६० रुपैयाँ खर्च गरिएको महोत्सव सञ्चालिका मञ्जु सुब्बा लिङ्देनले बताइन् । उनले महोत्सबाट सफलता मिलेको बताउँदै महोेत्सवबाट सबैभन्दा बढी हाउजी खेलाएवापत १९ लाख २८ हजार २ सय रुपैयाँ सङ्कलन भएको समेत जानकारी दिइन् ।

किराँत सामुदायिक भवन निर्माण कार्यका अतिरिक्त किराँतीहरुको सभ्यता र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सञ्चालित महोत्सवलाई आगामी बर्ष भने सभ्य र भव्य तरिकाले सञ्चालन गरिने आयोजकले बताएको छ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, सीताराम कट्टेल, कुन्जना घिमिरे ( धुर्मुस–सुन्तली) लगायत भ्वाइस अफ द टिमका विभिन्न कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

२ कट्ठा ३ धुर जग्गामा निर्मित किराँत सामुदायिक भवनको तल्लो तलामा सभाहल सहित २ कोठा, माथिल्लो तलामा ४ कोठा र ट्रस्टसहितको २ तले सामुदायिक भवन रहेको छ ।

भवन निर्माणका लागि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सांसद कोषबाट प्रदान गरेको ८२ लाख रुपैयाँसहित अहिलेसम्म १ करोड ३० लाख रुपैयाँ नगद हालसम्म भवन निर्माण कार्यमा खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: