किवी खेतीबाट मनग्य आम्दानी

  प्रकाशित मिति
२६ जेष्ठ २०७६, आईतवार १८:२५


अर्जुन कार्की

झापा ÷ इलामका अधिकाङ्श गाउँ तथा नगरपालिकाका किसानले व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । तीन वर्ष अघिसम्म धान नफलेर हैरानी बेहोर्दै आएका किसान किवीबाट प्रशस्तै आम्दानी हुन थालेपछि हौसिएका हुन् ।

इलामका सबै गाउँ तथा नगरपालिकामा गरी १० हजार भन्दाबढी किसान किवीको व्यावसायिक खेतीमा सम्लग्न छन् । इलाम किवी खेतीका लागि उपयुक्त भएकाले झापाली कृषकको नजर त्यसतर्फ लाभिन थालेको छ । झापा बिर्तामोडकी व्यवसायी पार्वती खतिवडाले इलाममा ८० रोपनी भन्दाबढी जग्गा लिएर किवीका बिरुवा रोपेकी छन् ।

उनले बिर्तामोडको कृषिथोक बजारमा किवीको पसल सञ्चालन गर्दै आएकी छन् । पसलमा किवीबाट बनाइएका अचार, जाम लगायतका सामाग्री बिक्री वितरण गरिने बताइन् ।

‘एक रोपनीमा १२ देखि १५ ओटा किवीका बिरुवा रोपेका छौँ, त्यसमध्ये ५ वटा बराबर एउटा भाले पर्छन्’, उनले भनिन्– ‘पाँच सय वटा भन्दाबढी बिरुवा फल्ने अवस्थामा छन् ।’ उनका अनुसार तीनसय भन्दाबढी बिरुवाबाट किवी उत्पादन हुन थालेको छ । एउटै बोटबाट ९० देखि १ सय २२ किलोग्रामसम्म किवी उत्पादन हुन्छ । ग्रेडिङ् अनुसार प्रतिकेजी एकसय देखि तीनसय रुपैयाँ भन्दाबढीमा बिक्री गर्दै आएको उनले बताइन् । ‘एक हजार ओटा बिरुवाबाट उत्पादन शुरु भएपछि वार्षिक करोड भन्दाबढी आम्दानी हुन्छ’ – उनले भनिन् ।

बहुउपयोग फल किवीको खेती शुरु गरिएको इलाममा केही वर्षअघिदेखि नै यसका बिरुवा उत्पादन गर्न थालिएको थियो । इलामस्थित कमर्सियल एग्रीकल्चर एलायन्स र सुलुवुङस्थित वातावरण संरक्षण तथा वैकल्पिक उर्जा विकास प्रालिको २५ लाखरुपैयाँको लगानीमा ९० हजार किवीका बिरुवा उत्पादन थालिएका थियो । यो कार्य अहिले पनि जारी छ ।

जसमा एलायन्सको १२ लाख १० हजार रुपैयाँ र हिस्टे किवी प्रालिको १२ लाख ७० हजार रुपैयाँ लगानी गरिएको थियो । हेस्टि किवी प्रालिका प्रबन्धक तारामणि खतिवडाका अनुसार किवी रोप्न इच्छुक किसानलाई ४ सयदेखि ५ सयका दरले बिरुवा उपलब्ध गराइन्छ ।

कृषि विकास कार्यालय इलामले किसानलाई सस्तोमै किवीका बिरुवा उपलब्ध गराउने जमर्को गरिरहेको छ । कार्यालयका एक कर्मचारीका अनुसार इलामका किसानलाई कार्यालयले किवीको व्यवसायीक खेतीका लागि प्राविधिक र अन्य किसिमका सहयोग पनि उपलब्ध गराइरहेको छ ।

कृषि विकास कार्यालय इलामका अनुसार इलामका २ नगरपालिका र ४५ गाउँपालिकाका ५ हजार भन्दाबढी कृषकले करिब ४० देखि ५०औँ हजार किवीका बिरुवा लगाएका छन् ।

उनका अनुसार गतवर्ष ८ हजार केजी उत्पादन भएको किवी यसवर्ष १० हजार उत्पादन भएको अतिवडाले बताइन् । यसवर्ष इलाममा २५ हजार बिरुवा उत्पादन भएको अतिवडाले जानकारी दिइन् ।

कार्यालयका अनुसार ४ देखि ६ सम्म अम्लियपन भएको माटोमा खेती गर्न सकिने किवी प्रति किलोग्राम ६ सय रुपैयाँसम्ममा बिक्री गरिन्छ । आधा दाना बराबर ४ दाना कागती, १७ दाना स्याँउ, २ दाना सुन्तला र ८ कोशा केराको पौष्टिक तत्व मिल्ने विश्व खाद्य सङ्गठनले पुष्टि गरेको छ । पूर्वी पहाडको अन्य जिल्लामा पनि किवीको व्यवसायी खेती शुरु गरिएको छ । ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुर र तेह्रथुमका किसानहरुले किवी खेतीबाट प्रशस्त आम्दानी गरिरहेका छन् । झापामा पनि यसको व्यापार राम्रैसँगले फस्टाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: