किसानलाई अनुदान धान रोप्ने मेशिन

  प्रकाशित मिति
५ चैत्र २०७३, शनिबार १८:४३


krishi 2

विर्तामोड । कृषि विकास कार्यालय झापाले मध्य दक्षिणी झापाको कोहवराका किसानलाई धान रोप्ने मेशिन उपलब्ध गराएको छ ।

कार्यालयले ८५ प्रतिशत अनुदानमा ५ लाखभन्दा बढी मूल्यको मेशिन साविब कोहबरा–४, हाल गौरादह नगरपालिका–६ को साना किसान महिला कृषि सहकारी संस्थामार्फत त्यहाँका किसानलाई धान रोप्ने आधुनिक मेशिन उपलब्ध गराएको हो । १५ प्रतिशत लगानी संस्थाको रहेको छ ।

सहकारी संस्थाको संयोजनमा जिल्ला कृषि विकास कार्यालयले शुक्रबार कोहबरामै संक्षिप्त समारोह आयोजना गरी मेशिन हस्तान्तरण गरियो । समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले संस्थाकी अध्यक्ष यशोदा कोइराला भण्डारीलाई मेशिनको चाबी हस्तान्तरण गरे । उनले युवाहरु व्ैदेशिक रोजगारमा गई जनशक्तिको अभाव खट्किँदै गइरहेको समय–सन्दर्भमा यन्त्रद्वारा खेतीपाती गर्नुको विकल्प नरहेको बताए । उनले अब निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायमुखी खेतीप्रणाली अवलम्बन गर्न यान्त्रीकरण आवश्यक रहेको उल्लेख गरे ।

धान उत्पादनका लागि निकै मलिलो माटो रेहेको कोहवरा क्षेत्रका किसान पम्परागत खेतीबाट आधुनिक खेतीप्रणालीतिर आकर्षित बन्दै गइरहेको बेला कृषि क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय–संस्थाले उपलब्ध गराउने यस्ता मेशिनरी सहयोगी हुने संस्थाकी अध्यक्ष भण्डारीले बताइन् । कोहबरामा चैते धान लगाउन थालिएको छ यतिबेला । सिंचाईका लागि घरघरै डिप बोरिङ जडान गरेको कोहबराका किसान यतिखेर चैते धान रोप्न व्यस्त देखिन्छन् । यसैक्रममा, पहिलो पटक मेशिनले धान पनि रोपिएको छ । स्थानीय अगुवा किसान कुबेर प्रसाईंको खेतमा सो मेशिनले धान रोपियो ।

व्यावसायिक कृषि प्रणालीलाई तदारुकताका साथ अघि बढाइरहेको जिल्ला कृषि विकास कार्यालयले उत्पादकत्व बढाउन लाइनमा धान रोप्नुपर्ने जनाएको छ । कार्यालयले कोहबरामा पाँचसय हेक्टर क्षेत्रफलमा मापदण्डअनुसारको लाइनमा धान रोप्ने किसानलाई प्रति हेक्टर पाँच हजार रुपैयाँ अनुदान दिने कार्यक्रम सञ्चालन गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले जानकारी दिए । कार्यालयले धानमा ब्लक तथा पकेट क्षेत्रको कार्यक्रमलाई पनि अघि बढाइरहेको बागबानी अधिकृत शेषराज भट्टराईले बताए ।

भ्mापा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोनका लागि छनोटमा परी कार्यक्रम शुरु भइसकेको जिल्ला हो । तर, झापाका किसानहरु धनको उचित मूल्य नसकेका कारण मन लगाएर धान उत्पादनमा लाग्न नसकेको गुनासो गर्छन् कोहबराका किसान छत्रपति सुवेदी ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: