किसानलाई सहुलियत देऊ

  प्रकाशित मिति
२८ पुष २०७३, बिहीबार १३:५८


विर्तामोड । मुलुकलाई दूधमा आत्मनिर्भर बनाउन किसानलाई राज्यले सहुलियत दिनुपर्ने लगायतका प्रस्ताव पारित गर्दै नेपाल डेरी एसोसिएसनको १८औँ बार्षिक साधारण सभा मंगलवार राति विर्तामोडमा सम्पन्न भएको छ ।

साधारण सभामा पत्रकारसहित १० जनालाई सम्मान गरिएको छ । सम्मानित हुुनेहरुमा नागरिक दैनिकका पत्रकार दिलिप पौडेल, डेरी व्यवसायी राजन चिमरिया, इलामका माधव निरौला, दाङका लिलाधर शर्मा पन्थी, काठमाडौँका मनोज यादव र महेन्द्र काफ्ले, झापाका घनश्याम चिमरिया, रौतहटका विजय चौरासिया छन् । उनीहरुलाई राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुङ्गेलले सम्मान गरेका हुन् ।

साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुङ्गेलले लुटेर र भुटेर खाने दादागिरी शैलीबाट समृद्धि हुन नसक्ने बताए । देशलाई समृद्धितर्फ लैजाने हो भने कृषिमा आर्थिक व्रmान्ति गर्नुपर्ने बेला आएको उनले बताए ।
डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष सुमित केडियाले गुणस्तरीय दूध उत्पादन गर्न किसानले जोड दिनु पर्ने बताए । स्वच्छ दूध खान पाउने नागरिकको अधिकार भएकाले पनि आफूहरु लागि परेको केडियाको भनाइ रहेको छ । डेरी उद्योेग र किसानविच एकता हुन सकेमात्र उत्पादन र बजार बढाउन सकिने उनले बताए ।
नेपालमा वार्षिक ४८ लाख लिटर दूध उत्पादन हँुदै आएको छ । किसान र व्यवसायीहरुको १५अर्ब रुपैयाँ लगानी रहेको एसोसिएसनले जनाएको छ । साधारणसभामा नेपालभरका १ सय ७५जना प्रतिनिधि सहभागी भएको पूर्वाञ्चल संयोजक राजन चिमरियाले जानकारी दिए । किसानका समस्या समाधान गर्न पनि यो साधारणसभाले महत्वपूर्ण भूमिका खेलेको बरिष्ठ उपाध्यक्ष राधाकृष्ण सापकोटाले बताए । महासचिव प्रह्लाद दाहालको सञ्चालनमा भएको कार्यव्रmममा दूधलाई समेत सुपरजोनमा राख्न सरकारसँग माग गरिएको छ ।

यसैबिच साधारणसभाले हेमचन्द खनालको अध्यक्षतामा डेरी एसोसिएसन झापा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शरण पराजुुली, सचिवमा भरत ओली, सहसचिवमा सोमनाथ घिमिरे र कोषाध्यक्षमा शङ्कर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा जीवन सञ्जेल, प्रकाश मैनाली, हरि नेपाल र रुद्र भण्डारी रहेको पूर्वाञ्चल संयोजक राजन चिमरियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: