किसानलाई ४२० बोरा कृषि चुन

  प्रकाशित मिति
९ पुष २०७२, बिहीबार ०७:०२


kirsi chun

झापा, ९ पुस । शिवसताक्षी नपास्थित सन्देश मूल कृषक समूहमा आवद्ध कृषकहरुलाई ४ सय २० बोरा कृषि चुन वितरण गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय, झापाको सहयोग तथा माटो व्यवस्थापन निर्देशनालय, हरिहर भवन काठमाडौंको दुवानी सहयोगमा शिवसताक्षी नपास्थित सन्देश मूल कृषक समूहको व्यवस्थापनमा उक्त कृषि चुन वितरण गरिएको हो ।

रासायनिक मलको अत्याधिक प्रयोगले कृषि उत्पादनमा गिरावट आइरहेको अवस्थालाई मध्यनजर गर्दै झापाका विभिन्न कृषक समूहहरुको पहलबाट किसानहरुलाई कृषि चुन वितरण गरेको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले बताए ।

उक्त क्षेत्रमा कनकाई नहरको पानी सिंचाई हुने भएकाले धान, गहुँ, मकै लगायतका बाली अधिक मात्रामा लगाइने गरे पनि रासायनिक मलका कारण पहिलेको जस्तो उन्नति हुन छाडेपछि किसान चिन्तित बनेको अवस्थामा कृषि चुन प्रयोगले माटोको उर्वरा शक्ति बढ्ने भन्दै किसानहरु त्यसतर्फ आकर्षित बनेका हुन् ।
सहयोग पाएको ४ सय २० बोरा कृषि चुन उक्त क्षेत्रका किसानहरुलाई नपुग्ने भएपछि जिल्ला कृषि विकास कार्यालय तथा कृषक समूहको पहलमा थप ५० टन कृषि चुन ल्याएर वितरण गरिने सन्देश मुल कृषक समूहका अध्यक्ष वेदनिधि अधिकारीले बताए ।

उनले भने –‘सुरुमा ५० केजीको एक बोरा कृषि चुन २ सय ५० रुपैंयाँमा समूहले खरीद गरी वितरण गरेका थियौं । पछि माटोको जाँच गरी कृषि चुन प्रयोग गर्नाले माटो पुरानो अवस्थामा आउने प्रमाणित भएकाले कृषिचुन तर्फ कृषकहरु आकर्षित भएका छन् ।’

त्यसैगरी कृषि सेवा केन्द्र गौरादह र माटो प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा आउँदो साता भित्रदेखि नै निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गर्ने समेत अध्यक्ष अधिकारीले जानकारी दिए ।

समूहले यसअघि आर्थिक कमजोर भएका तथा लगनशील कृषकहरुको पहिचान गरी पानी तान्ने मोटर वितरण, उन्नत जातका विऊ विजन, आइ.पी.एम. तालिम, सामूहिक खेती विउविजन उत्पादन लगायतका कृषि तालिम र कृषि शिविर सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: