झापा । पुस १६ गते विहीवार विहान प्रधानमन्त्री केपी ओलीलाई हातमा कुचो बोकेर दमकको राजमार्ग सफा गर्दै गरेको देख्न पाइने भएको छ ।
सरकारले देशव्यापी रुपमा सञ्चालन गरेको राजमार्ग सरसरफाई अभियानको समापनका दिन प्रधानमन्त्री ओलीले गृह नगरकै कार्यव्रmममा कुचो लगाउने भएका हुन् ।
पुस ९ गते नवलपरासीको मध्यविन्दुबाट सुरु भएको राजमार्ग सरसफाई अभियान विहीवार झापाको काँकरभिट्टा र कञ्चनपुरको महेन्द्रनगरमा समापन हुँदैछ ।
झापामा सो दिन काँकरभिट्टादेखि विर्तामोड, सुरुङ्गा, दूधे, केरखा हुँदै दमकसम्म राजमार्ग क्षेत्रमा वृहत सरसफाई कार्यव्रmम सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।
दमकमा प्रधानमन्त्री ओलीले विहान झापाका लागि अभियानको उद्घाटन गर्ने र दिउँसो काँकरभिट्टामा मुख्य सचिव सोमलाल सुबेदीले समापन कार्यव्रmममा आतिथ्य ग्रहण गर्ने प्रजिअ पौडेलले जानकारी दिए ।
मेचीनगरमा बुधवार नै ढुकुरे खोलाको पुलबाट राजमार्ग सरसफाई अभियानको सुरुवात हुने मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले जानकारी दिएका छन् ।
विहीवार विहान कालीखोलादेखि मेची पुलसम्म सरसफाई गरिने भएको छ । विहीवार समापन कार्यव्रmम काँकरभिट्टा खानेपानी कार्यालय आयोजना गरिने खतिवडाले बताए ।
विहीवार बिहान ८ः०० बजे कनकाई पुलदेखि घाग्रा पुलसम्म पूर्वपश्चिम राजमार्ग सरसफाई गरिने कनकाई नगरपालिकाका लेखापाल तेजप्रसाद आचार्यले जानकारी दिएका छन् ।
कार्यव्रmम अनुसार कनकाई माईदेखि सुरुङ्गा खोलासम्म एउटा समूह, सुरुङ्गा खोलादेखि बिरिङसम्म अर्को समूह र बिरिङदेखि घाग्रापुलसम्म तेस्रो समूहले राजमार्ग सफाइ गर्ने नगरपालिकाका लेखापाल आचार्यले बताए । झाडु लिएर सडकमा रहेका कागज, प्लाष्टिक र अन्य फोहोर सफाइ गरिने बताइएको छ ।
दमकबाट सहकर्मीले जनाए अनुसार प्रधानमन्त्री ओली विहीवार विहान दमक आउने भएका छन् । सो दिन झापामा ओलीलाई भ्याईनभ्याई हुने कार्यव्रmम तय भएको छ । ओली धरमपुरको कार्यव्रmममा समेत सहभागी हुने छन् ।
उनले विहान ९ वजे दमकको गणतन्त्र चौकमा बनिने आकाशे पुलको शिलान्यास गर्ने, सरसफाई कार्यव्रmमको सुरुवात गर्ने, धरमपुरको पारावारीमा निर्माण भएको कमल पुलको उद्घाटन गर्ने, दमक नगरपालिकाको कार्यालय भवनको शिलान्यास गर्ने र दमक–२ स्थित आम्दा अस्पतालमा निर्माण हुने आईसीयू कक्षको शिलान्यास गरिने कार्यव्रmम रहेको छ ।
उनी दमक बहुमुखी क्याम्पसको ३५ औँ वार्षिकत्सव तथा छैठौँ क्याम्पस सभाको कार्यव्रmममा समेत सहभागी हुने छन् ।
काँकरभिट्टाको समापन कार्यव्रmममा सहभागी हुन हाँस्य व्यङ्ग्य कलाकार धुर्मुस र सुन्तली समेत आउने छन् । सरकारले झापावासी उनीहरूलाई सरसफाई सद्भावना दूत बनाएको छ ।