झापा । शिवसताक्षी नगरपालीका १० का श्याम श्रेष्ठ सारिरिकरुपमा असक्त हुन । उनको दायाँ खुट्टाले चाहेको जस्तो गरेर सहजै भुई टेक्दैन । तर, पनी उनी कृषी पेसामा अव्वल मानिन्छन ।
आफ्नो थोरै जमिनमा तरकारीबाली गर्ने श्रेष्ठले अव परम्परागत कृषी पेसा छोडेर आधुनिक कृषी प्रणाली अंगाल्ने बताए । खुसीले गद्गद् हुदै उनले भने ‘आफैलाई मात्र पुग्ने गर्थे, अव गाउले लाई नै पुग्ने गरि खेती गर्छु ।’
लक्ष्मी कान्त ढकाल शिवसताक्षी ३ का किसान हुन ।
ढकाल पाथिभरा कृषी समुहमा आवद्ध छन । सामुहीक खेती प्रणालीका लागि उनको समुहले ५० प्रतिसत अनुदानमा खेत जोत्ने पावर टेलर पायो । यस्तै सोहि समुहले धान काट्ने रिपर र मकै छोडाउने मेसीन पनि पायो ।
नगरले आधुनिक खेती प्रणाली तर्फ किसानलाई उत्साहित बनाउन कृषी उपकरण विगत वर्ष देखी नै प्रदान गर्दे आएको छ । कृषी उपकरण थाप्दै दंग परेका किसानले भने, ‘अव कुटो कोदालोको जमना गयो ।’
शिवसताक्षी नगरले नगरका ११ वटै वडाका क्रियाशिल कृषी समुह र किसानका लागि मंगलबार कृषी उपकरण प्रदान गरेको हो । ५० प्रतिसत अनुदानमा नगरका ३७ कृषक समुहले औषधी छर्कने स्प्रे पाएका छन ।
समुह दर्ताको प्रतिलिपी, समुहको छाप र समुहको माईन्युड नगरको कृषी साखामा पेस गरेपछी किसान समुह अनुदानमा औजार पाउन योग्य मानिन्छन । नगरको तथ्याँक अनुसार ८६ प्रतिसत नगरवासी कृषी पेसामा क्रियाशिल छन । सम्वन्धित वडाको सिफारिस र नगरको अनुगमन का आधारमा किसानले उपकरण पाएका हुन ।
शिवसताक्षी नगरपालिका र नगरका क्रियाशिल समुह र किसानको ३५ लाख ५१ हजार १ सय ७५ रुपैयाको लागतमा कृषी उपकरण वितरण गरिएको हो ।
नगरले चालु वर्षमा २२ जना किसानलाई मकै छोडाउने मेसिन दिएको छ । यस्तै २७ किसानलाई मकै रोप्ने मेसिन प्रदान गरेको शिवसताक्षी नगरको कृषी साखाले जनाएको छ । नगरले कृषी समुहका लागि सत प्रतिसत अनुदानमा २३ वटा कृषक समुहलाई साना सिचाई मोटर प्रदान गरेको छ ।
यस्तै २२ कृषी समुहका लागि नगरले ७५ प्रतिसत अनुदानमा धान काट्ने रिपर प्रदान गरेको छ । यता पावर टेलर ५० प्रतिसत अनुदानमा २२ किसान समुहले पाएका छन ।
शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्माले‘व्यावसायीक खेती गरिरहेका किसानहरुलाई राहत पुग्ने गरि समुह र ब्यक्तिगत फर्महरुलाई अनुदानमा कृषी समाग्री प्रदान गरिएको बताए ।
कृषी क्षेत्रलाई नगरले प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै नगरप्रमुख शेर्मा भने, ‘व्यावसायीक रुपमा कृषी पेशामा थप अनुदानका कार्यक्रम पछिल्ला वर्षमा ल्याउने छौं ।’
उनले परम्परागत खेती र विसादी युक्त औषधी प्रयोगले नगरका हरेक गाँउमा क्यानसर, किड्नी, मधुमेह लगायतका प्राणघातक रोग दिनहु बढ्ने गरेको बताए ।
उनले भने, ‘कुटो कोदालो प्रयोग गर्ने जमना अव गए ।’ नगरलाई कृषी क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न किसानको भुमिका अहम हुने भन्दै आउने दिनमा थप कार्यक्रम नगरले ल्याउने बताए ।
नगरका योजना अधिकृत प्रकाश चौधरीले व्यावसायीक रुपमा किसानले तरकारी खेती गरे कामका लागि विदेशीनु नपर्ने बताए । ‘तपाई किसानहरुलाई कृषी पेसामा नै आत्मानिर्भर बनाउन नगरले दर्जनौ योजना ल्याएको वताउदै उनले भने ‘तपाईहरुले अव नगरलाई कृषीमा आत्मानिर्भर बनाउनुहोस हामी तपाईहरुलाइ व्यवसायीक किसान वनाउछौ ।’