कुनै गुटमा पनि नलाग्ने सांसद् मैनाली र बुढाथोकीसहित सात भाइको घोषणा

  प्रकाशित मिति
२७ पुष २०७७, सोमबार २१:४९


।। अर्जुन कार्की ।।
मेचीनगर, २७ पुस ।
नेकपा निकट झापाका दुई जना प्रदेश सांसद्ले पार्टी फुटको दिशातिर उन्मुख भएकोमा असन्तुष्टि व्यक्त गर्दै एकताको पक्षमा उभिन आम कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रेस विज्ञप्ति नै सार्वजनिक गरी त्यस्तो आह्वान गर्नेमा प्रदेश गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली रहेका छन् । उनीहरुले अ‍ोली, प्रचण्ड–नेपाल र बामदेव समूह कतै पनि नलाग्ने धारणा व्यक्त गरेका छन् ।

विज्ञप्तिमा नेकपा मेचीनगरका अन्य ५ जना नेताहरुले साथ दिएका छन् ।

साथ दिनेमा क्षेत्रीय संयोजक बन्धनकुमार मुण्डा, क्षेत्रीय सचिव पुष्प गुरागाई, क्षेत्रीय सचिव प्रकाश भण्डारी (सञ्जोग), मेचीनगर सहइन्चार्ज रामकुमार राई (विमल) र मेचीनगर अध्यक्ष माधव अर्याल रहेका छन् ।

शिर्ष नेताहरुको व्यक्तिगत स्वार्थ र महत्वकांक्षाका कारण पार्टी फुटको डिलमा पुगेको उनीहरुको ठम्याई छ । पार्टी विभाजनको पक्षमा नलाग्ने विज्ञप्तीमा उल्लेख छ ।

‘पार्टी कानूनी रुपमा विभाजन नभइसकेको अवस्था छ’ सांसद बुढाथोकीले लोकतन्त्र पोस्टसँग भने–‘सरकार र पार्टीका शिर्ष नेताहरुको विवादका कारण यस्तो अवस्था आएको हो ।’

जनताको एतिहासिक अपार समर्थनलाई नेताहरुले कुठाराघात गरेको उनको भनाइ छ ।

पार्टी एकता हुनुपर्छ, फुट्नु हुन्न भन्ने पक्षमा आफुहरु लागिरहेको सांसद बुढाथोकीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: