कुमारजी र नयाँ शक्ति

  प्रकाशित मिति
४ बैशाख २०७३, शनिबार ०५:४०


kumar chetriखुदुनावारी, ४ बैशाख । पूर्वोत्तर पहाडी जिल्ला तेह्रथुम, ह्वाकु अन्तर्गत पर्ने वगाले गाउ“ छाडेर मधेस झरेको दश वर्ष पछि बाबु र आमाले ठुल्दाई, माल्दाई दुवैलाई मावल घर छाडी दिदी साल्दाई र मलाई पैतृक थलोमा लिएर जानुभा’को थिए’छ । मधेश झर्दाखेरी, छाडेको हाम्रो घर काइँला काकाले आफ्नो वासस्थानको निम्ति प्रयोग गर्नुभएको रहेछ ।

पुरानो हाम्रो घर अर्थात काइँला काका बस्दै आउनु भएको घरदेखि अलिकति माथिल्तिर अन्तरे काकाको परिवार अलिकति मुन्तिर तेर्सै ओरालो झर्दा बढाबाको घर भेटिन्थ्यो ।

पूर्वमा अविच्छिन्न बगिरहने तमोर नदी पश्चिम मुटु छुने फुईके चल्ने लिढुङ्गा, उत्तरमा तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा जोड्ने घना जङ्गल दक्षिण सुविख्यात् मेला लाग्ने सङ्क्रान्ती बजार, छातेढुङ्गा चुहान डाँडा यी स्थानहरूको मध्य भागमा रहेको वगाले गाउँ जहाँबाट मनोरम कुम्भकर्ण हिमालको निर्वाध दृष्यपान गर्न सकिन्छ । त्यो बेला यी छटाहरूको दृष्यभोग त गरे हुँला अनुभूति भने घुमिल रह्यो ।

काइँला काकाले रोपेको आलुवारी छिचोल्दै अन्तरे काकाले चरनमा छाडेका भेडा बाख्रा हेर्ने उत्कण्ठाले अरुको आँखा छल्दै झाडीभित्र छिरेको के मात्रै थिए“ भेडालाई निकटबाट हेर्ने लालसाले लहलहाउ“दो सिस्नोको मुन्टा भा“चेर भेडालाई लोभ्याउन पुगेछु, सिस्नोदंशले जलनको यति पीडा महसुस गरेँ कि सिस्नोको नाम मात्र सुन्ने वित्तिकै शैशवकालको त्यो तीतो स्मृति उहापोह भई छाति ढक्क फुलेर आउ“छ ।

मधेशतर्फ औँला देखाए मात्र औलो लाग्छ भन्ने कहावत प्रचलित भएको बेला २०२२ सालतिर बा–आमा, पैतृक प्रसादका रुपमा पाएको जायजेथा समेत सवै छाडेर झापाको पाराखोपी–३, कैदले भन्ने ठाउँमा बसोवास सुरु गर्नु भएको रहेछ । वाआमाले कैदले बस्दा पनि पहाडको भन्दा कम दुःख र हण्डर व्येहोर्नु परेको रहेनछ । हामी झरेको दुई वर्ष पछि हाम्रा मावली परिवार पहाड खाम्लालुङको जायथेथा बेचबिखन गरी दह्रो पैसाको मुठो समाएर कैदले झरेछन् ।

त्यसबेलाका चल्तापुर्जा जमिन्दारको रुपमा कहलिएका लेफ्टीनेन्ट स्व. केशर ब. प्रसाईका साखै दिदी भिनाजु साईनोका हाम्रा मावलका हजुरबालाई भने जस्तो जमिन सोचे जस्तो दाममा खरिद गर्न कुनै कठिनाई परेन । उसै त खाम्लालुङमा रवाफिलो जीवन यापन गर्दै आएको परिवार, मधेशमा चानचुन दश विगाह जमिनको मालिक वन्ने सौभाग्य प्राप्त हुँदा हट्टाकट्टा निडर हजुरवा स्व. गुमानध्वज कटुवाल कैदलेमा सितिमिती पाराले बसोवास गर्ने कुरा नै रहेन । सामाजिक मान मर्यादा, खानपान, रहनसहन अरु भन्दा पृथक र उपल्लो दर्जाको झैँ थियो । हरेक वर्ष मनाउने महान चाड वडा दशैँ, तिहार सवैको मायाले पुल्पुलिएका लक्ष्मीदाई (ठूलो मामाका छोरा)सँगै पछि लागेर खेल्न र मान्न पाउँदा संसार जिते जस्तै आभाष हुन्थ्यो ।

नौरथा लागेको दिन देखी मावलघरमा लुगा कपडा सिलाउन आउने स्व. मसक्के दर्जिबाका वरिपरी सबै झुम्मिन्थ्यौँ, स्व. लुहारबा र पन्चे दाईले अर्जापेको घरेलु औजार त्यसमध्ये हजुरवाले मात्र प्रयोग गर्ने हामीभन्दा अग्लो कत्ती अर्जापेको निर्निमेष हेरिरहन्थ्यौँ । अष्टमीको विहानै गाउँ मध्येको सबैभन्दा ठूलो खसिको मोटो गर्धन हजुरवाले एकै छप्कोमा चर्लक्कै छिनालेको हेर्न पाउँदा ट्वाल्ल हुन्थ्यौँ ।

माथिका कुरा बाल्यकालका सम्झना थिए । त्यसबेला मेरा अनन्य मित्र कुमार क्षत्री खुदुनावारीस्थित जनता माध्यमिक विद्यालयमा सातौँ कक्षा पठन–पाठन गर्दासम्म मेरा सहपाठी हुनुहुन्थ्यो । एकै उमेर समूह एउटै तहमा सात वर्ष विताउ“दासम्म विलक्षण प्रतिभाका धनी थिए भन्ने ज्ञात हुनु मेरा लागि अनौठो कुरो भएन । किनभने तार्किक, निडर स्वभावका उहाँ“ कक्षामा अब्बल दर्जाका विद्यार्थीहरूको कोटीमा पर्ने तथ्य हरेक वर्षको अन्तिम परीक्षाको नतिजाले पुष्ट्याई हुन्थ्यो ।

कक्षा आठदेखि शनिश्चरे हाई स्कुलमा स्थानान्तर गरी पठन–पाठन गर्न थालेदेखि भने आश्चर्यमा प¥यौँ । यतिका मेघावी छात्र अर्को विद्यालयमा स्थानान्तरण हुँदा हामी दुःखी र आश्चर्यचकित नहुने कुनै भएन । त्यो वेलादेखि हामी बिच रहेको सघन सम्पर्क र सम्वन्ध पातलिदै गयो ।

२०४६ को संयुक्त जनआन्दोलनबाट प्राप्त मुख्य उपलब्धिहरूमध्ये, पञ्चायती निरङ्कुशतन्त्रको अन्त्य, संसदीय प्रजातन्त्रसँगै फड्को मारेको राजनीतिक चेतना फरक–फरक दर्शन अनुसारका राजनीतिक पार्टीहरू प्रशस्तै देखा परे, जसको प्रारम्भिक प्रत्यक्ष प्रभाव स्कुल कलेजहरूमा देखिनु अस्वाभाविक थिएन ।

जसको प्रभावले भर्खरै प्रवेशिका उत्तीर्ण गरी उच्च शिक्षा ग्रहण गर्दै गरेका हामी फरक ठाउ“ फरक कलेज फरक सङ्गतिको कारण फरक धारमा उभिन पुग्यौँ । एकै दर्शन सिद्धान्त आत्मसात गर्ने फरक फरक कम्यूनिष्ट पार्टीका अलग–अलग पात्र बन्न पुग्यौँ ।

राजनीतिक पार्टीहरूको प्रधानता हुने संसदीय व्यवस्था विधि विधान सम्मत नभएर गुट, व्यक्तिको मातहतमा रहेर चल्दा मौलाएको हुकुमी शैली, स्वेच्छाचारिताले प्रजातान्त्रिक व्यवस्थालाई कमजोर बनायो । स्वेच्छाचारी हर्कतले मुलुकलाई अझ विरुप र विकलाङ्ग बनायो । जनअपेक्षा उपेक्षित बन्न पुग्यो । भय आतङ्क, भ्रष्टाचार, कालाबजार जनताले कोशेलीका रुपमा प्राप्त गरे ।

विधिको शासन प्रति धज्जी उडाइयो । संसदिय पद्धतिको चरम दुरुपयोगको कारण भिषण जनयुद्ध जनताले व्यहोर्नु परेको थियो । जनयुद्धको जगमा ०६२÷०६३ को जनआन्दोलनले युगिन उपलब्धी र कार्यभारहरू थपिदियो । उक्त उपलब्धीहरूको संस्थाकरणको शुभमुहुर्त, सङ्घीय, लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधान (०७२)को घोषणासँगै ०७२ असोज ३ गते भएको हो ।

नेपालको संविधान (०७२) का प्रमुख मस्यौदाकारहरू मध्येका एक, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दशवर्षे जनयुद्धका प्रमुख योजनाकार पनि हुन् । आन्तरिक रुपले सवल सुदृढ नभएसम्म देशी तथा विदेशी प्रतिकृयावादी शक्तिसंग जुध्ने सामथ्र्य राख्न नसकिने मान्यता राख्ने भट्टराईको संविधान जारी भए लगत्तै भएको मधेश आन्दोलन, भारतीय नाकावन्दीले भोग्नुपरेको सास्ती, असन्तुलित बैदेशिक नीति सम्बन्धको उपज ठान्दछन् ।

राजनीतिक क्रान्तिका सबै चरणहरू पुरा भैसकेको आर्थिक विकास र समृद्धिका योजना अघि बढाउन पर्ने सन्दर्भमा पुराना पार्टी र नेतृत्वले गर्न सक्ने ल्याकत नभएको विश्लेषणसहित नेपाली समाजको बर्ग स्थिति, अन्तरविरोधको नयाँ परिभाषासहित प्राकृतिक, भौतिक श्रोत साधनको सहि परिचान र समुचित व्यवस्थापनका योजनाको प्याकेज कार्यान्वयले मात्रै अघि बढेको राजनीतिक स्थिति पछि परेको आर्थिक स्थिति सन्तुलित ढङ्गले हल गर्दछ भन्ने ठम्याईका साथ आर्थिक विकास र समृद्धिको मुख्य एजेन्डा बोकेर दुनियाकै सम्पन्न राष्ट्र बनाउन सकिने प्रतिज्ञा सहित नया“शकित निर्माण अभिमानका प्रमुख अभियन्ता बनेका छन् ।

वर्गीय पक्षधरता, क्रान्तिप्रतिको अभूतपूर्व निष्ठाका कारण कुमारजी जनयुद्धका प्रारम्भिक क्षणहरूदेखि छालमय, त्रासमय दिन, रात र वर्षहरूमा त्याग र बलिदानी भावनाले समर्पित बन्नुभो । क्रान्तिका महानतम् उपलब्धीहरू जनतालाई बाँड्ने अभिलाषा साँच्नु भो । राजनीतिक परिवर्तनसँगै जनताले अपेक्षा गरे अनुरुप आर्थिक परिवर्तनको अनुभूति गर्ने खालको स्थायित्व, सुशासन, आर्थिक विकास र समृद्धिको कार्यक्रम आफु लागेको एमाओवादी पार्टीबाट सम्भव नहुने देखेरै होला नयाँ शक्ति नेपाल झापा जिल्लाका प्रमुख अभियन्ता बन्नु भएको छ ।

शैशवकालमा सिस्नोको रुप, गुण, दुर्गुणबारे ज्ञान नहु“दा सिस्नोदंशका कारण व्यहोर्नु परेको अथाह जलन अव उप्रान्त वेहोर्नु पर्ने छैन । हजुरवाको स्वर्गारोहण पछि थन्केर रहेको खिया लागी भुत्ते भएको कत्ती अर्जापेको न अव हेर्न पाइनेछ, नत हजुरवाको खसी छप्काइको दृश्यभोग नै गर्न पाइनेछ । बरु लोपोन्मुख बनस्पतिमा पर्ने सिस्नोदंशले दिएको जलन झैँ, वेइमानहरुको दुव्र्यवहारले आक्रान्त बनेको देश, सज्जनहरूको सद्व्यवहारले मात्र बन्न सक्ने ज्ञान र देश प्रति घात गर्ने देशघाती पहिचान गर्न कठिनाई रहेन ।

खिया लागेर भुत्ते भैसकेको हजुरवाको कत्ती जस्तो सिद्धान्त, व्यवहारमा स्खलित राजनीतिक पार्टीहरूले देश दोहन गर्ने प्रवृत्तिको गर्घन छिनाल्ने सामथ्र्य राख्ने छैनन् । उम्दा युवा अभियन्ता कुमारजीले स्थानन्तरण गर्नु भएको स्कुल र तय गर्नुभएको नया“ राजनीतिक यात्रा तथा अभियान लाक्षणिक हिसाबले ठिकै देखिन्छ, कार्यान्वयनको प्रकृया कस्तो हुने हो जिज्ञासाको विषय बनेको छ । वेठिक भनेर डङ्का पिटी हाल्नु चाहिँ बुद्धिमानी ठहरिदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: