कुमारमणि पोखरेलको प्यानलै विजयी

  प्रकाशित मिति
१५ श्रावण २०७३, शनिबार ०९:५०


kumarmani 1

कनकाई । कनकाई उद्योग बाणिज्य संघको अध्यक्षमा कुमारमणि पोखरेल विजयी भएका छन् ।
संघको शुक्रबार भएको निर्वाचनबाट पोखरेलसहित उनको प्यानलै निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित पोखरेल ४ सय ४६ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धी उम्मेद्वार लीलाप्रसाद चिमरियाले १८ मत कम अर्थात ४ सय २८ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा पोखरेल र चिमरियाको दुई प्यानल प्रतिस्पर्धामा उत्रिएको थियो । पोखरेलले नेतृत्व गरेको प्यानललाई नेकपा एमाले, राप्रपा नेपाल र नेपाली कांग्रेसको असन्तुष्ट पक्षले समर्थन जनाएका थिए भने चिमरियाले नेतृत्व गरेको प्यानललाई नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन जनाएका थिए ।

नेपाली कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति निकालेर चिमरियालाई आधिकारिक उम्मेद्वार घोषणा गरे पनि कांग्रेस पक्षधरको मत दुवै उम्मेद्वारमा बाँडिएको छ । अध्यक्षका दुवै उम्मेद्वार नेपाली कांग्रेस निकट हुन् ।

कसले कति मत ल्याए ?
मिनाल तिम्सिना (बाणिज्य उपाध्यक्ष) ४९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनक कार्कीले ३६३ मत प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा कृष्णप्रसाद चुँडालले ४४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी डिल्लीराम पौडेलले ३९३ मत पाए ।

महासचिव पदमा सोम उप्रेती ४५१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी तुलसी विमलीले ४०६ मत पाएका छन् ।

बाणिज्य सचिवमा जीवन चुँडाल ५२५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी दण्डपाणि गौतमले ३२२ मत प्राप्त गरे ।

उद्योग सचिवमा ख्यामप्रसाद ओली ५४७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी पुण्यप्रसाद ओझाले २९२ मत प्राप्त गरे ।

कोषाध्यक्षमा खिनमाया खतिवडा ४३६ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी भरतकुमार अधिकारीले ४०७ मत प्राप्त गरे ।

कार्य समिति सदस्यमा विजयी हुनेहरु पुण्यप्रसाद सिटौला (४९५), सहरमान कटुवाल (४५७), विश्वविजय खरेल (४७०), श्रीप्रसाद खरेल (४८०) अनिल कुमार गोयल (४४९), भगवती कटुवाल (४२७) र नमिता काफ्ले (४७३) रहेका छन् ।

सदस्यमा चिमरिया प्यानलबाट उम्मेद्वार बनेकाहरुमा शिवशंकर महासेठ (३२२), गंगाराम गजुरेल (३६८), मानबहादुर श्रेष्ठ (३७०), छत्रप्रसाद पाण्डे (३३४), डिल्ले राई (३४६), कविता बस्नेत (३८७) र शान्ता अधिकार (३५४) रहेका छन् । कुल मतदाता ९२३ जना मध्ये ८८५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: