‘कुर्सीमा मात्र बस्ने सोचलाई बदल्नुपर्छ’

  प्रकाशित मिति
३० कार्तिक २०७३, मंगलवार १७:३८


भद्रपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पु¥याउन सके दण्डहीनताको अन्त्य हुने बताइन् ।

सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित ‘महिलाको न्यायमा पहुँच र सराकारवाला निकायबीचको समन्वय’विषयको छलफल कार्यक्रमको आज उद्घाटन गर्दै उनले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पु¥याउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिइन । “न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ”, उनले भनिन् ।

सो अवसरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल, जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डे र महिला विकास अधिकृत इन्दिरा ओझाले ‘महिलाको न्यायमा पहुँच र यस सम्बन्धी व्यवस्था’का बारेमा आआफ्ना कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा र इलामका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, महिला विकास अधिकृत, कानुन व्यवसायी र महिला अधिकारकर्मी लगायत करिब १०० जना सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: