कुलतको कहर : झापडको बदलामा साथीको हत्या

  प्रकाशित मिति
३० आश्विन २०७७, शुक्रबार ०९:३०


अभियुक्त सार्वजनिक गर्दै प्रहरी ।

झापा ३० असोज । मात्र एक झापड हानेको बदलामा कनकाई–७ का २२ वर्षीय रविन राजबंशीले आफ्नै साथी अभिषेक चौधरीको हत्या गरेका छन् ।

घटना एक दिन अघिको हो । हत्याको कारण झापडको बदलासँगै लागू पदार्थको कुलत पनि जोडिएको छ ।

प्रहरीका अनुसार असोज २८ गते साँझतिर मृतक अभिषेकले १०० रुपैयाँ दिएर रविनलाई गाजा किन्न पठाएका थिए । गाँजा ल्याइसकेपछि एक दुई सर्को माग्दा अभिषेकले ‘के गर्छस् तलाई दिन्नौं’ भन्दै एक झापड लगाइदिए । अभिषेकका साथीहरु पनि थिए । सबैले रविनको कान निमोठेर जिस्काए । रविनले अपहेलित अनुभूति गर्दै इख लिए ।

रविन घर गए । धारिलो बञ्चरो ल्याए र अभिषेक हिँड्ने बाटो ढुके । रातको साढे ९ बजेतिरको समय थियो । लाइट बालेर आउँदै गरेको अभिषेकलाई बञ्चरोले टाउकामा हिर्काएर रविनले हत्या गरे ।

असोज २९ गते विहान शब फेला पर्यो । प्रहरीले अनुसन्धान थाल्यो । बेलुका पौने ८ बजेतिर कनकाई ७ त्रिवेणी टोलबाट अभियुक्त रविन राजबंशी पक्राउ परे ।

यो घटनाले लागू औषधको कुलतमा फँसेका व्यक्तिले आफ्नो र बिरानो चिन्दैनन् भन्ने खतरनाक सन्देश दिएको छ । रविन र अभिषेक मिल्ने साथी थिए । निहुँ ठूलो थिएन । रीसइबी राखेर साथीले नै हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

यो घटनामा अभियुक्त रविन भाग्न नपाउँदै पक्राउ पर्नुमा डीएसपी मुकुन्द रिजालको अनुसन्धान कौशल र टोलीको समेत प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: