कुलमान, बिजुली र नियत

  प्रकाशित मिति
४ जेष्ठ २०७४, बिहीबार १६:४६


Kulman-Ghising
‘कुलमान, बिजुली र नियत’ यसै शीर्षकमा केही समय पहिले मैले एउटा लेख लेखेको थिएँ । आज पनि सोही शीर्षकमा सोही विषय वस्तु तर फरक प्रसङ्गमा यो लेख लेख्दैछु ।

प्रसङ्ग हो, हालै नेपालकै सबैभन्दा बढी पढिने र सबैभन्दा बढी प्रकाशित हुने अखबार कान्तिपुर दैनिकमा छापिएको एउटा समाचारको हो । जहाँ भारतमा बिजुलीको बल्ब किन्दा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री जनार्दन शर्माद्वारा करोडौँ घोटाला भएको भन्ने शीर्षकमा समाचार छापिएको छ । त्यसलाई प्रमाणित गराउन कुनै सञ्चारमाध्यम लागि परेका छन् भने कुनै सञ्चारमाध्यम उक्त कुरा समाचारमा भनिए जस्तो होइन भन्दै समाचार पस्किरहेका छन् ।

आज एउटा कर्मचारी जसले जनतालाई एकाइस घन्टाको लोडसेडिङबाट केही भए पनि राहत दिएको छ, उसैको पक्ष र विपक्षमा जनस्तरमा वकालत हुनु पक्कै पनि राम्रो होइन । हिजो हामीले चर्काे लोडसेडिङ खेप्दै गर्दा आएका कुलमानले हामीलाई अलिकति भएपनि राहत दिएका हुन् भन्ने बिर्सेर उनीमाथि कुनै न कुनै बहाना बनाएर जाइलाग्नु शोभनीय कुरा हुँदै होइन । म एउटा निजी विद्यालय चलाउँछु । गत वर्षसम्म म बिजुलीको विकल्प खोजी रहेको थिएँ । त्यस कामका लागि मलाई करिब ७ लाख खर्च हुँदै थियो, त्यसपछि आउने सञ्चालन खर्चले म अत्तालिएको थिएँ । तर, जब कुलमानले लोडसेडिङ घटाउने अवधारणा ल्याए, म आफू धेरै नै खुसी भएको छु । कुलमानको अवधारणाले हामी जस्ता श्रमजीवीहरु हर्षित छाँै भने राजनीतिलाई पेसा बनाएर कमिसन खान पल्किएकाहरु अत्तालिएका छन् । उनीहरु मिडियालाई दुरुपयोग गर्दै आफ्नो अभिष्ट पूरा गर्न लागि परेका छन् ।
कुलमानको अवधारणाले सोलार इन्भर्टर व्यापारीहरु अत्तालिएका छन् । त्यसैले जनतालाई डसेर भएपनि कमाउन पल्केकाहरु कान्तिपुरले छापेको समाचारलाई अझ बढाइचढाइ गरेर जनतालाई झुक्याउने खेलमा लागेका छन् । अन्य मिडियामा आएको समाचार र कान्तिपुरमा आएको समाचार पूर्णतया फरक छन् । सेतोपाटी अनलाइनमा प्रकाशित समाचारमा कुलमान घिसिङले भ्रष्टाचार गरे भनेर काहीँ पनि लेखेको छैन । बरु यसले बिजुली जोगाउने र जनतालाई केही भएपनि आर्थिक राहतको साथसाथै लोडसेडिङ पनि केही घटाउने भन्दै लेखेको छ भने अन्नपूर्ण पोस्टले बल्बको मूल्य भारतीय बजारभन्दा सस्तो हुने भन्दै लेखेको छ । साथै समाचारको फलोअपमा कान्तिपुरले पनि कुलमानलाई चेपुवामा पारियो भन्दै लेखेको छ भने बुधबारको सम्पादकीयमार्फत् कुलमानमाथि लगाएको आरोपको बचाउ गरेको छ ।

आज कुलमान घिसिङलाई बल्ब खरिद कार्यमा चेपुवामा पारियो भनेर समाचार र सम्पादकीय लेख्न सक्ने मिडियाले हिजो कुलमानले भ्रष्टाचार गरे भनेर समाचार लेख्नु अघि समाचारको वास्तविकता बुझी लेख्नु पर्छ कि पर्दैन ? समाचारलाई तोडमोड गरी लेख्ने पत्रकार र लेखाउने मिडियालाई पत्रकार आचारसंहिताले छुन्छ कि छुदैन ? जनताको सेवा गर्ने कर्मचारीको मानमर्दन गर्ने अधिकार कसले दियो मिडियालाई ? आफूसँग हतियार छ भनेर जहाँ पायो त्यहीँ प्रयोग गर्न मिल्छ ? भोलि भारतलाई नेपाल र नेपाली मन नलाग्ला के हामी सबै जनता र देशलाई नै भुटी दिने भारतले ?

पत्रकारले समाचार लेख्दा पत्रकार आचारसंहितामाको ख्याल गरेर लेख्नुपर्छ न कि भावनामा आएर भनेर पनि बुझ्न् नसक्ने पत्रकार र समाचारलाई सम्पादन गरेर न्युजरुममा पठाउनु अघि त्यसको विश्वसनीयतालाई सम्पादकले ख्याल गर्नुपर्छ कि पर्दैन ? विश्वस्त स्रोतको दाबी भन्दै मनगढन्ते स्रोत उल्लेख गरेर अर्काको चरित्र हत्या गर्न पाइन्छ कि पाइँदैन ? अनि हामी पाठकहरु पनि समाचारले कुन राजनीतिक दललाई समर्थन गरेको छ वा कुन राजनीतिक दललाई फाइदा पुगेको छ । सोही अनुसार विश्लेषण गरेर पढ्नु देशका लागि कतिको हितकर छ ? त्यसको विचार नगरी समाचारको भावना र मर्मलाई तोडमोड गर्नु कतिको सान्दर्भिक छ त ? हामीले पनि विश्लेषण गर्नुपर्छ । पहिला देश अनिमात्र पार्टी भन्ने नबुझुन्जेल देशले प्रगति गर्न सक्दैन भने राजनीतिक दलहरुले हामी जनतालाई भजाएर आफ्नो स्वार्थपूर्ति गर्न छोड्दैनन्, हामी सदैव भोट बैङ्क मात्र भइरहन्छौँ ।
तसर्थ, कुनै पनि विषयलाई दलगत रुपमा हेर्नुभन्दा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्यौँ भने मात्र हाम्रो बुद्धिमता ठहर्छ, नत्र त हामी जनता त भेडो मात्र ठहर्छौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: