कुवेतबाट झापा आएका ४५ महिलामध्ये २५ जनामा कोरोना

  प्रकाशित मिति
५ श्रावण २०७७, सोमबार १०:०७


।। अर्जुन कार्की ।।

मेचीनगर । कुवेत मुलुकबाट झापा आएर क्वारेन्टिनमा बसेका ४५ महिला मध्ये २५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ ।

झापाका संक्रमित ३१३ जना मध्ये कुवेतबाट आएका २५ जना महिलालाई कोरोना लागेको पाइएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले वैदेशिक रोजगारीका लागि कुवेत मुलुक गएर फर्किएका झापाका ४५ महिला मध्ये २५ जना महिलालाई कोरोना भाइरसको संक्रमण भएको बताए ।

आइतबार थपिएका मेचीनगर–१ का एक जनासहित संक्रमितको संख्या झापामा ३१३ पुगेको छ ।

संक्रमित ३१३ मध्ये २७९ जना धरान तथा विराटनगरको कोभिड अस्पतालबाट उपचारपछि निको भएर घर फर्किसकेको चौलागाईले जानकारी दिए ।

अब झापाका ३४ जना ती दुई अस्पतालमा उपचारर्थ रहेको वताइएको छ ।

जिल्लामा ९ हजार ६ सय ९९ जनाको पीसीआरको नमुना संकलन गरिएको चौलागाईले बताए । प्रदेश नम्बर एक मध्ये झापामा बढी पीसीआरको नमुना संकलन गरिएको उनको भनाई छ ।

त्यस्तै, ३ हजार ३ सय १० जनाको आरडीटी परीक्षण समेत गरिएको बताइएको छ । जसमध्ये ५७ जनाको आरडीटीको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: