मेचीनगर । दमक–१ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको क्वारेन्टिनमा बसेकी २९ वर्षीया विवाहित महिलाको शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनको असार ३ गते पीसीआर टेष्ट गरिएको थियो । पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
उनी गत जेठ २९ गते कुवेतबाट काठमाडौँ झरेकी थिइन् । उनको काठमाडौँमा कोरोना जाँच गरिएको थिएन ।
कुवेतबाट काठमाडौँ झरेकी उनलाई सिधै दमक स्थित प्रतिष्ठानको क्वारेन्टिनमा ल्याइएको थियो ।
उनलाई शुक्रबारै विराटनगर स्थित कोभिड अस्पताल पठाइएको छ ।
सरकारले विदेशबाट आएका कुनैपनि नेपाली नागरिहरुलाई कोरोना जाँच विना आआफ्नो प्रदेश पठाउने गरिएको जनाएको छ ।
प्रदेशबाट आफ्नो वडाको क्वारेन्टिनमा बसेको ४÷५ दिनपछि मात्र पीसीआर टेष्ट गरिएको थियो ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या १८२ पुगेको फोकल पर्सन चौलागाईले जानकारी दिए ।