कृषिमा आकर्षण

  प्रकाशित मिति
१३ फाल्गुन २०७२, बिहीबार ०५:०४


नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । करिब ८० प्रतिशत जनसङ्ख्या कृषि पेशामा आबद्ध रहेको सरकारी तथ्याङ्क छ । यो तथ्याङ्क दुई दशक अघिको हो । तर, अहिले पनि सरकारी तथ्याङ्कमा यही कुरा उल्लेख छ । पछिल्लो समय कृषि पेशामा अपेक्षाकृत आकर्षण भने भएको छैन । आधुनिक कृषि प्रणाली अपनाउन नसक्दा कृषिमा आकर्षण घटेको हो । सरकारले कृषि व्यवसायलाई आधुनिकीकरण गर्न नसकेसम्म आकर्षण बढ्नुको सट्ट घट्दै जाने देखिन्छ । कृषि व्यवसायलाई आधुनिकीकरण गरी यसको विकास गर्न राज्यले आवश्यक नीति नियम बनाउन आवश्यक छ ।

नेपालीको मुख्य पेशा कृषि नै हो । पछिल्लो समय कृषिमा सम्भावनाको खोजी भइरहेको छ । कृषिमा आत्मनिर्भर बन्न नसक्दा युवाहरु विदेश पलायन भएको अवस्था छ । सरकारले कृषिमा अनुदान दिन थालेपछि युवाहरु आकर्षित मात्र भएका छैनन्, आत्मनिर्भरताको बाटोमा हिँडेका पनि छन् । यसको ज्वलन्त उदाहरण झापा गरामनीका सोभित तिवारी पनि हुन् । विदेश जाने मोह त्यागेर उनले स्वदेशमै तरकारी खेतीबाट आम्दानी लिइरहेका छन् । यो कृषिमा देखिएको सम्भावनाको एउटा उदाहरण मात्र हो । विदेश जाने लागेकालाई बुझाउन सकियो भने कृषिमा धेरै युवाको आकर्षण स्वाभाविक रुपमा बढ्छ । त्यसका लागि सरकारले कृषिमैत्री कानुन बनाएर युवालाई अवसरसँगै रोजगारीको वातावरण तयार गर्नुपर्छ । यो राज्यको दायित्व पनि हो ।

कृषि व्यवसाय अब पुरानो तरिकाबाट फस्टाउन सक्दैन । समय सापेक्ष कृषिमा नयाँ प्रविधि भित्र्याएर मात्र आम्दानी लिन सकिन्छ । यसका लागि राज्यले कृषक लक्षित कार्यव्रmम ल्याउनुपर्छ । कृषकमाझ कार्यव्रmम नपुगेसम्म कृषि क्षेत्रको विकास हुन सक्दैन । कृषकलाई छुट्याइएको अनुदान वितरण सन्तुलित ढङ्गबाट हुन सकेमात्र विकास सम्भव छ । अन्यथा कृषि पेसाबाट पलायन हुने सम्भावना टड्कारो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: