कृषिमा रमाएका रेवत

  प्रकाशित मिति
७ बैशाख २०७३, मंगलवार १२:३०


rewot-350x262

झापा । ‘कृषिमा सम्भावना छैन भन्नेहरूका लागि ज्यामिरगढी–५ का रेवत उप्रेती (३८) गतिलो उदाहरण बनेका छन् । उनले कृषि व्यवसायलाई अघि बढाएका मात्र छैनन् राम्रो आम्दानी लिन सफल पनि भइरहेका छन् । ‘गर्न सके कृषिमा सम्भावना प्रसस्तै छ’ घरैमा भेटिएका उप्रेतीले भने–‘ कामै नगरी कसरी आम्दानी लिन सकिन्छ ।’

उनले घरै छेउमा रहेको जग्गामा गाइ पालन, गड्यौले मल उत्पादन र विरुवा प्लानेट गर्ने कृषि व्यवसाय एक साथ अघि बढाएका छन् । श्रीराज कृषि फार्म खोलेर उनले व्यवसायीक रुपमा गाई पालन सुुरु गरेका हुन् । २०७१ सालमा ४ लाख रुपैयाँ खर्चेर गाई फार्म खोलेको उनी बताउँछन् ।

उनको फार्ममा अहिले १२ माउ गाई छन् । दुहुन भने अहिले २ वटा मात्र छन् । दुध बेचेर उनले बार्षिक लाख रुपैयाँ भन्दा बढी कमाउँछन् । त्यसो त उप्रेतीले गाइ फार्म अलवा गोबर मल र विभिन्न जातका विरुवा बेचेर राम्रो आम्दानी लिइरहेका छन् । उनी भन्छन्–‘म कृषि व्यवसायबाट सन्तुष्ट छु, परिवारसँग बसेर राम्रो आम्दानी लिन सकेको छु ।’ उप्रेती कृषि व्यवसायमा रम्नुको कारण बेग्लै छ । २०६० सालतिरको कुरा हो । त्यो बेला पैसा कमाउने सपना बोकेर उनी खाडी मुलुक हानिए । लेबर भिषामा उनी दुबइको तातो घाममा १८ घण्टासम्म पसिना बगाए । तर, सोचे जति आम्दानी हुन सकेन ।

विदेशको त्यो पीडा सम्झेर उनी स्वदेशमै केही गर्ने अठो्ट बोकेर ६५ सालमा घर फर्किए । विदेशमा बस्दाको दुःख सम्झेर यहि केही गर्ने सोच उनमा पलायो । अनि कृषि व्यवसायलाई उनले अंगाल्ने निधो गरे । त्यो बेलको सकारात्मक सोचले उप्रेतीमा परिवर्तन मात्र ल्याएन आम्दानीको प्रशस्त बाटो खुलाउन सहयोग प¥याएको छ । ‘कृषि क्षेत्रमा परिवर्तन गर्ने इच्छा शक्ति ममा छ ’ उनी निर्धक्कका साथ भन्छन् –‘परिवारसँगै गाउँमा सदभाव बाड्ने अवसर प्राप्त भएका छ ।’

उप्रेती गाई फार्म छेउमा गड्यौले मल उत्पादन गष्र्छन् । सुनसरीको तरहराबाट एक हजार गड्यौला ल्याएर मल उत्पादन गरिरहेका छन् ।
चार वर्ष अघि गड्यौला ल्याएर व्यवसायिक रुपमा उनले मल उत्पादन गरिरहेको बताए ।

‘यो फोएडिटा जातको गड्यौला हो, यसले चाँडो मल बनाउँछ’ गड्यौले मलको फाइदाबारे उनी भन्छन् –‘सामान्य गोबर मल भन्दा गडयौले मल बढी फाइदाजनक छ ।’

गड्यौले मल प्रतिकेजी १० रुपैयाँमा उनी विव्रmी गर्दै आएका छन् । गड्यौले मलबाट मात्र उनले वार्षिक एक लाख भन्दा बढी आम्दानी लिइरहेका छन् । उनका अनुसार एक हजार बोरा गड्यौलाबाट चार सय क्वीन्टल मल उत्पादन हुन्छ । त्यो तथयार हुन करिब ३ देखि ६ महिना लाग्छ । आफुले प्रयोग गरीबचेको बल उनी विव्रmी गर्दै आएका छन् ।

उनले घरै छेउमा रहेको जग्गामा प्लानटेसन समेत गरेका छन् ।mविभिन्न जातका विरुवा रोपेर गाउँमा राम्रो सन्देश दिइरहेका छन् । रुख रोपौँ वातावारण स्वच्छ राखौँ भन्ने उदे्श्यले गाउँमा उनले चेतना जगाउन पनि भ्याएका छन् ।

अरुलाई पनि विरुवा रोप्न सल्लाह दिन्छन् । स्थानीय देबेन्द्र रिजाल ताराबीर कट्वाललगायतले उनकै सल्लाह अनुरुप आफ्नो जग्गामा प्लानटेशन गरेका छन् । कुनै बेला जढीबटी कम्पनीमा काम गर्दा अनुभव अहिले अफैमा प्रयोग गरेको उप्रेतीको भनाइ छ । ‘मैले त्यो बेला जढीबुटीको क्षेत्रमा काम गरेको थिए ’ उनले भने त्यहि प्राविधिक ज्ञानले मलाई अहिले सप्पोड गरिरहेको छ ।

कृषि क्षेत्र पनि आम्दानीको राम्रो स्रोत भएको उनको बुझाइ छ । तालिम, औषधीमा सलुहित र अनुदान दिने हो भने कृषिबाट सोचे भन्दा बढी फाइदा लिन सकिने उप्रेती बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: