कृषि कार्यालयको भवन शिलान्यास

  प्रकाशित मिति
२२ जेष्ठ २०७४, सोमबार १४:०५


भद्रपुर । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाको भवनको सोमबार एक समारोहको बीच शिलान्यास गरेका छन् ।

दुई करोड १५ लाख ८९ हजार रुपैयाँ लागतमा निर्माण हुने सो भवनको निर्माण कार्य २०७५ साउन १० गते सम्पन्न हुने बताइएको छ ।
सो अवसरमा जिल्ला कृषि विकास कार्यालय, भद्रपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले नवनिर्माण हुने भवनले सरकारी कामकाजमा सहज हुने चर्चा गरे ।

यसैगरी, विश्व वातावरण दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारीको निवास परिसरमा आयोजित वृक्षरोपण कार्यलाई प्रमुख जिल्ला अधिकारी खत्रीले वृक्षरोपण गरेर शुभारम्भ गरेका थिए ।

साथै, ‘प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त’ प्रमुख नारा रहेको विश्व वातावरण दिवसको अवसरमा जिल्ला समन्वय समिति झापाद्वारा पनि सरसफाइ कार्यक्रम गरियो ।

चन्द्रगढीस्थित कभर्ड हलबाट सुरु भएको सरसफाइ कार्यक्रम सरकारी कार्यालयसम्म आएर सकिएको थियो ।

सो कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, कार्यालय प्रमुखहरु, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: