कृषि तथा पर्यटन महोत्सव सुरु

  प्रकाशित मिति
१ पुष २०७२, बुधबार ११:४९


झापा । झापाकै अग्लो पहाडी भूभाग शान्तिनगरमा आन्तरिक तथा बाह्य पर्यटन आकर्षण गर्ने उद्देश्यले बुधबारदेखि कृषि तथा पर्यटन महोत्वस सुरु भएको छ ।

शान्तिनगर–६ स्थित धारागोला भ्यूटावरबाट जिल्लाको अधिकांश क्षेत्र र भारतको केही भागको दृश्यावलोकन गर्न सकिन्छ ।‘धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सव–२०७२’को पूर्व मन्त्री एवम् सांसद नरेन्द्रविव्रmम नेम्वाङले उद्घाटन गरेका छन् ।

पूर्व मन्त्री नेम्वाङले धारागोला भ्यूटावर झापाको भर्खरै पहिचान भएको मनमोहक पर्यटकीय क्षेत्र भएको धारणा व्यक्त गर्दै यसको प्रबर्धनमा जनस्तरमा भइरहेको सव्रिmयताको सराहना  गरेका छन् ।

महोत्सवको उद्घाटन अवसरमा जातीय संस्कृति झल्काउने विभिन्न जातजातिका झाँकीहरु प्रस्तुत गरिएको छ भने आगन्तुकहरुलाई भ्यूटावरको दृश्यावलोकन गराइएको छ ।

महोत्सवमा कृषि उत्पादनका स्टलहरु समेत राखिएका छन् । महोत्सव आयोजक समितिको अध्यक्ष चव्रm शेर्माको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा नेपाली काङ्ग्रेसका जिल्ला उपाध्यक्ष देउमान देबे, नेकपा एमालेका जिल्ला कमिटी सदस्य लक्ष्मी राई, एकीकृत नेकपा माओवादीका नेता बोधराज दाहाल, शान्तिनगर गाविस सचिव सुदर्शन बराल, साहित्यकार मुनाराज शेर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पुस ५ गते महोत्सवको समापन हुने आयोजक समितिका समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: