केजरीवालले दिल्लीका मजदुरलाई ५ हजार दिने

  प्रकाशित मिति
१२ चैत्र २०७६, बुधबार १५:३९


मेचीनगर । कोभिड १९ (कोरोना भाइरस)को संक्रमण रोक्न विश्वव्यापी लडाई चलिरहेको छ । नेपाल, भारत, बेलायतलगायतका मुलुकले लामो लकडाउनको कदम चालेका छन् भने इटाली, इरान, अमेरिका, स्पेन, फ्रान्स, जर्मन जस्ता शक्तिशाली मुलुक गम्भीर संकटमा धकेलिएका छन् ।

एक्काइस दिन लामो लकडाउन सोमवारदेखि सुरु भएको भारतमा श्रम गरी खाने मजदुर वर्गको विहान बेलुकाको गाँस कसरी जुट्ला भन्ने चिन्ता उत्पन्न भइरहेको बेला दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले निर्माण मजदुरका लागि ५ हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

तपाई मजदुर साथीहरुलाई लकडाउनले कति मुस्किलमा पारेको छ भन्ने मलाई महसुस छ, बुधवार ट्वीट गर्दै मुख्यमन्त्री केजरीवालले भनेका छन् हामी तपाईहरुको मुस्किललाई पुरै हटाउन सक्दैनौं तर जिन्दगी बचाउन मदत गर्न भने जरुर सक्छौं ।

उनले अहिलेको लकडाउनको कठिन परिस्थितिमा दिल्लीमा कार्यरत ४ लाख निर्माण मजदुरलाई जनही ५ हजार रुपैयाँ दिने घोषणा गरे ।

भारतमा लोककल्याणका योजनाहरु लागू गर्ने सवालमा केजरीवाल निकै चर्चित छन् । उनले महिला, गरीव, ज्येष्ठ नागरिकहरुको स्वास्थ्योपचार खर्च व्यहोरिदिने निर्णय प्रदेश सरकारबाट गराउँदै आएका छन् ।

लकडाउन २१ दिनसम्म जारी रहँदा काम गर्न नपाएर मजदुर वर्ग भोकभोकै पर्ने सम्भावना देखेर मुख्यमन्त्री केजरीवालले यस्तो निर्णय लिएका हुन् । तर भारतको सकेको छैन ।

केजरीवालले मजदुरको बैक खातमा ५ हजार रुपैयाँ सिधै सरकारले हालिदिने बताएका छन् ।
(स्रोत ः बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: