‘केपी बा’ प्रवृत्ति अन्त्य हुन्छ : माधव नेपाल

  प्रकाशित मिति
१४ पुष २०७७, मंगलवार १६:०८


झापा, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनी मार्गमा भइरहेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले जनआन्दोलनको क्रममा ओलीले गण्तन्त्रविरुद्ध आन्दोलनको खिसिट्युरी गर्ने गरेको सुनाए ।

‘ओलीले गण्तन्त्रविरुद्ध खिसिट्युरी गर्ने गरेका थिए । उनी भन्ने गर्थे ‘बयलगाडा चढेर वासिङटन पुग्न सकिँदैन । सडकमा सानो स्वरले कराएर, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिँदैन भनेर महामहिम ओलीले भनेका थिए । त्यसैले ओलीले संघीयता र गण्तन्त्रविरुद्ध प्रतिकदम चाले । त्यसैले जनता सडकमा ओर्लिए,’ नेपालले भने ।

ओलीमा कम्युनिष्टमा हुनुपर्ने गुण नभएको भन्दै नेपालले उनलाई अझै अनुशासित बन्ने अवसर भएको बताए । उनले भने, ‘ओलीलाई अनुशासनको कारवाही मात्रै गरेका छौं । पार्टीबाट हटाएका छैनौं । ओलीलाई अन्तिम मौका दिएका छौं । सुध्रिनुहुन्छ कि भनेर ।’ तर, नेपालले ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताए ।

नेपालले नेकपा र सूर्य चिह्न नेकपाको भएको बालुवाटारको गुटको नभएको बताए । ‘भ्रममा नपर्नुस् । बालुवाटारमा भएको भेला गुटको भेला हो । त्यो नेकपाको बैठक होइन । नेकपा हामी हौं, सूर्य चिह्न हामीसँग छ । बालुवाटारमा छैन’ उनले भने ।’ प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटन गर्ने कुनै अधिकार नै नभएको भन्दै नेपालले ओलीले संविधान विरोधी काम गरेको दावी गरे ।

नेपालले प्रतिनिधिसभा विघटन भएपछि प्रतिनिधिसभा सदस्य नभएको सदस्य व्यक्ति प्रधानमन्त्री हुन सक्दैन व्यवस्था भएको भन्दै ओलीले आफैलाई कामचलाउ प्रधानमन्त्री बनाएको बताए । तर, ओली कामचलाउ भनेर कतैबाट कुनै आदेश विज्ञप्ति ननिकालेको भन्दै आलोचना गरे । ओलीले पदको ललिपप बाड्दै हिँडेको आरोप पनि लगाए ।

‘ओलीले नियुक्ती दिन्छु, टिकट दिन्छु भनेर लोभलालच बाड्दैछन्,’ उनले भने । ओलीले वामदेव गौतम, प्रचण्ड र आफूलाई छुट्टाछुट्टै बोलाएर फकाउने गरेको उनले बताए ।

नेपालले केपी वंश र प्रवृत्तिबाट मुक्ति पाउने बेला भएको भन्दै ओलीमा रहेको व्यक्तिवाद निरंकुशतावाद विरुद्ध आन्दोलन गर्ने बताए । अदालतमा अहिलेको यो मुद्दा विचाराधीन भएको भन्दै संविधानको पक्षमा फैसला हुनेमा उनले विश्वास व्यक्त गरे ।

‘चिन्तित हुनुपर्दैन । टाउको समाएर बस्नु पर्दैन । आन्दोलन गरेर सडक तताउनुपर्ने समय हो । गलत कदमको जवाफ दिन जनता तयार छन्,’ नेपालले भने ।’ यहि प्रवृत्ति थियो राजामा । गिरिजाको विरुद्धमा मलाई उकास्ने काम गर्थे । म हिँडेपछि गिरिजालाई बोलाएर कम्युनिष्टलाई सकाउनुपर्छ भन्थे । दुईजना भेट्दा पोल खोलाखोल भयो । अहिले ओलीमा पनि त्यही प्रवृत्ति देख्न थालेको छ’ उनले भने । ‘केपी बा’ प्रवृत्ती अब समाप्त हुने भन्दै नेपालले प्रतिनिधि सभालाई पुनःस्थापना गर्न आह्वान समेत गरे ।

(पहिलोपोष्ट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: