केहीबेरमा ओलीले सम्बोधन गर्दै, यस्तो देखियो कार्यक्रमस्थल

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १२:०४


विर्तामोड, २९ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले केहीबेरमा विर्तामोडमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

गृहजिल्ला भएको हुँदा ओलीले सम्बोधन गर्ने सिटी सेन्टरको साई प्यालेसलाई भब्य रुपमा सजाइएको छ ।

प्रवेशद्वारमै ओलीले हात उठाएर अभिवादन गरेको ठूलो होल्डिङ बोर्ड राखिएको छ भने हल बाहिर र भित्र पार्टीको चुनाव चिह्न सूर्य र हसिया हथौडा अंकित रातो झण्डा लय मिलाएर सजाइएका छन् ।

हलभित्र पार्टीका जिल्ला इञ्चार्ज एवम् संविधासभा सदस्य रबिन कोइराला, संविधानसभा सदस्य प्रेम गिरी, जिल्ला अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी, युवा नेता गोविन्द गिरी लगायतका अगुवा नेता तथा कार्यकर्ता मञ्च व्यवस्थापनमा जुटेका छन् ।

हलभित्र पत्रकारहरु प्रवेश गर्न थालिसकेका छन् । प्रेस चौतारीका प्रदेश नं. १ का संयोजक गणेश पोखरेल, ग्यालेक्सी फोरके टिभीका झापा व्यूरो प्रमुख नारायण अर्याल, आमसञ्चार अनलाइनका विनोद पाण्डे लगायत पत्रकार दीर्घामा देखिएका छन् ।

मञ्च पूर्व फर्किएको छ । जसको अग्रभागको बीचको कुर्सीमा पार्टीका अध्यक्ष ओलीको आसन छ । जहाँ त्यहीबाट सम्बोधन गर्न सक्नेगरी माइक जडा नगरिएको छ ।

हल दुई भागमा बाँडिएको छ । पश्चिम फर्किएको अगाडिको हलमा कार्यकर्ता नअट्ने भएपछि पछिल्लो हलमा कुर्सीको व्यवस्था गरिएको छ । पछाडिको हलबाट मञ्च देख्न सकिदैन । तर अगाडि ठलो डिस्प्ले स्क्रीन राखिएको छ ।

हल बाहिर युवाहरु स्वयम्सेवकको रुपमा तैनाथ देखिन्छन् । गेटमा स्वास्थ्यकर्मीको टोली र सेनिटाइजर टोली तैनाथ रहेको छ ।

हातमा सेनिटाइज गरेर र मास्क लगाएर मात्र प्रवेश गर्न दिइएको छ ।

सुरक्षाकर्मीको पनि बाहिर बाक्लो उपस्थिति रहेको छ । इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य आफै सुरक्षा व्यवस्था मजबुत तुल्याउन कार्यक्रमस्थलमा खटिएका छन् ।

(सबै फोटो : मोहन काजी)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: