प्रगति दोब्बर पार्ने जनमैत्री सहकारीको लक्ष्य

  प्रकाशित मिति
८ मंसिर २०७२, मंगलवार ०९:३९


विर्तामोड । विर्तामोडको जनमैत्री बचत तथा ऋण सहकारी संस्थाले आगामी बर्ष प्रगति दोब्बर पार्ने लक्षय लिएको छ ।
न्यू सेन्टर पार्टी प्यालेस विर्तामोडको हलमा सोमवार भएको संस्थाको छैठौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले त्यस्तो लक्ष्य सार्वजनिक गरेका हुन् ।
उनले अहिले संस्थाको शेयरपूँजी ५२ लाख ८४ हजार २ सय रुपैयाँ रहेको जनाउँदै आर्थिक बर्ष २०७२÷०७३ मा यो बढाएर ७५ लाख रुपैयाँ पु¥याउने उद्घोष गरेका छन् ।
यसैगरी, संस्थामा अहिले ८ सय २६ जना सदस्य रहेको उल्लेख गर्दै अध्यक्ष दर्लामीले अर्को बर्ष सदस्यको सङ्ख्या १ हजार २ सय पु¥याइने बताए ।
उनले निक्षेप सङ्कलन, कर्जा कारोवार, नाफा, कर्मचारीको सङ्ख्या र सेवा क्षेत्र पनि बढाइने लक्ष्य प्रस्तुत गरेका छन् ।
२०६७ जेठ ११ गते ३४ जना शेयर सदस्यले १० हजारको दरले ३ लाख ४० हजार रुपैयाँ पूँजी उठाएर सुरु गरेको जनमैत्री सहकारीमा आव २०७१÷०७२ मा ४८ लाख ३७ हजार ९ सय २२ रुपैयाँ ७० पैसा निक्षेप सङ्कलन, १ करोड ३७ लाख ८७ हजार ८ सय ६८ रुपैयाँ कर्जा लगानी गरिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
हाल संस्थाको कार्य क्षेत्र विर्तामोड, गरामनी र शनिअर्जुनमा सीमित रहेकोमा आगामी बर्ष झापा जिल्लाभर विस्तार गर्ने गरी पहल गर्ने र ५ वटा सेवा केन्द्र थप्ने लक्ष्य लिइएको उनले बताएका छन् ।
झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष हरिचरण बानियाँ प्रमुख अतिथि रहेको सो कार्यव्रmममा जीवन समृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष झलकसिंह दर्लामी, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधान, हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दङ्गाल, महिला जनकल्याण सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी न्यौपाने सरु, युवा स्वरोजगार कोष समन्वय सङ्घ झापाका सचिव सन्तोष सापकोटा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती समिति झापाका अध्यक्ष तेजप्रसाद आचार्य, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विर्तामोडकी प्रमुख पूर्णिमा दिदी, कन्काई हस्पिटल प्रालिका मेसु डा.प्रेम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले संस्थापक सदस्य कृष्णप्रसाद देवकोटा र विष्णुप्रसाद सङ्ग्रौला, सदस्यको परिवारबाट एसएलसीमा उत्कृष्ट भएका सक्षम आचार्य र प्रतिक्षा चापागाइँ, उत्कष्ट कारोवारकर्ता पङ्कज काफ्ले, रीता कुमारी भर्वै, पवित्रादेवी विक र नन्दकुमार योङहाङ, उतकष्ट बचतकर्ता तोयानाथ गौतम, रामविलास साह, लक्ष्मीमाया विष्ट र चन्द्रलक्ष्मी बराइलीलाई सम्मान गरेको छ ।
कार्यव्रmममा संस्थाकी उपाध्यक्ष भगवती पोखरेल आचार्यले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।janamaitri

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: