भद्रपुर । जिल्ला कारागारमा मंगलबार एचआइभी संक्रमित एक कैदीबन्दीको मृत्यु भएको छ । विर्तामोड ३ घर भई लागू औषधको मुद्दामा जेल सजाय भोगिरहेका कैदीको उपचारको क्रममा मेची अञ्चल अस्पतालमा मृत्यु भएको कारागारले जनाएको हो ।
उनी एचआइभी संक्रमित रहेको कारागारले जनाएको छ । उनी संक्रमित भएको गत चैत्र महिनामा पत्ता लागेको थियो ।
उनलाई जेठ २८ गतेदेखि मेची अञ्चल अस्पतालमा उपचारको लागि राखिएको थियो । चौधरीको शवलाई आवश्यक कारवाही पूरा गरी मंगलबारै परिवारलाई बुझाइएको कारागारले जनाएको छ ।