राज्यमन्त्रीद्वारा कैदीबन्दीलाई मास्क र स्यानिटाइजर

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार १८:२०


मेचीनगर, २५ चैत । प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमबाट गुज्रिरहेका झापा कारागारका कैदीबन्दीलाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् ।

झापाका कैदीबन्दीलाई साबुन, मास्क अभाव भएको समाचार पढेर राज्यमन्त्री गजमेरले मंगलवार दिउँसो ५ बजेतिर विराटनगरस्थित मन्त्रालयबाट आफै कारागारमा आएर स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

उपलब्ध सामग्रीहरुमा ११०० मास्क, चार कार्टुन स्यानिटाइजर र केही ग्लोब रहेको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले बताए ।
झापा कारागारमा हाल ७७ महिलासहित १०९७ कैदीबन्दी खाँदाखाँद अवस्थामा बस्दै आएका छन् ।

डेढ महिनादेखि सरकारी सिदा नपाएको र भेटघाट बन्दका कारण आफन्तसँग सहयोग लिन समेत नपाएको कारण कैदीबन्दीहरुले साबुन, स्यानिटाइजर, मास्क, दाँत माझ्ने ब्रस र मन्जन किन्न नसकेर दैनिकी कष्टकर बन्दै गएको लोकतन्त्र पोस्टलाई बताएका थिए ।

कारागारको अवस्था पढेपछि तत्थ्काल सङ्कटको बेला केही मात्रामा स्वास्थ्य सामग्री दिनका लागि आफै कारागारमा आएको राज्यमन्त्री गजमेरले बताएकी छन् । उनले कारागारका प्रमुख राजेन्द्र निरौलाबाट समस्याको बारेका जानकारी लिएकी छन् ।

झापाका कैदीबन्दी : न हातमा साबुन न मुखमा मास्क

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: