कैदीबन्दी सीपमूलक काममा

  प्रकाशित मिति
२५ मंसिर २०७२, शुक्रबार १०:०१


s}bLaGbL ;Lkd"ns sfddf  	ljleGg ck/fwdf h]n k/]sf emfkf sf/fuf/sf s}bLaGbLn] h]nleq} ;Lkd"ns tflnd lnP/ l;s]sf] ;LknfO{ ;b'kof]u ub{} . tl:a/ M ;'/]Gb| e08f/L, ;'?ªuf-emfkf_, /f;;

झापा । सरकारले कारागारलाई यातना गृह नभई सुधार गृहको रूपमा विकास गर्ने योजना अघि सारेसँगै झापा कारागारका कैदीबन्दीको जीवनस्तर फेरिएको छ ।

कैदीबन्दीले जेलभित्रै सीपमूलक तालिम लिई सिकेको सीपलाई सदुपयोग गर्दै काम गरिरहेका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको कारागारमा जेल जीवन बिताइरहेका सबैजसो कैदीले कुनै न कुनै सीपमूलक तालिम जेलभित्रै लिएर आर्थिक उपार्जनको काम गरिरहेको जिल्ला कारागारका जेलर दीपेन्द्र खत्रीले बताए ।

‘क्षमता तीनसय अटाउने मात्रै हो, तर अहिले ७८५ जना कैदीबन्दी रहेका छन्’ उनले भने । यहाँ ६७८ पुरुष र ७३ जना महिला कैदीबन्दी रहेका छन् भने चार नाबालक र तीन नाबालिका अभिभावकसँगै जेलजीवन बिताइरहेका छन् ।

शौैचालय जाँदा लामो लाइन बस्नुपर्ने, राति शौचालय गएर आएपछि सुत्न नपाइने क्षमताभन्दा बढी कैदीबन्दीका कारण ठाउँ अभावमा यस्तो समस्या देखिएको छ । आर्थिक उपार्जनको राम्रो माध्ययम आफैँले निर्माण गरेका साम्रगी बिव्रmी वितरणले भएको छ ।

जेलभित्रै अधिकाँश कैदीले मुडा बुन्ने, सिलाइकटाई, जुत्ता बनाउने, ढाका टोपी बुन्ने, कोव्रmा बुन्नेलगायतका काम गर्दै आएका छन् । सोही सामग्री बिक्री वितरणबाट आर्थिक उपार्जन गर्ने गरेको कारागारका चौकीदार सुनिल बस्यालले बताए ।

केही समय अघि २० जना कैदीबन्दीलाई जुत्ता बनाउने तालिम समेत प्रदान गरिएको उनले बताए । उनीहरु अहिले जेलभित्रै जुत्ता बनाउन थालेका छन् । धेरैले जेलभित्रै सीपमूलक काम गरेर आफूलाई एक्लोपनबाट टाढा र कमाइ पनि गरिरहेका छन् ।

केही कैदीबन्दीले जेलभित्रै अध्ययन गरिरहेका छन् भने कोहीले आपूmले सिकेको सीप जेलभित्रकै अरुलाई सिकाउने गरेका कैदीबन्दी गोविन्द सुब्बाले बताए । ‘जेलमा रहँदा सिकेको सीप पछिसम्मलाई काम लाग्छ, त्यही भएर अधिकांशले जेलभित्रै विभिन्न किसिमका काम सिक्ने गरेका छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: