कैलालीमा उपमेयरको गाडीमा आगजनी

  प्रकाशित मिति
६ श्रावण २०७७, मंगलवार ०९:४४


मेचीनगर । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ ।

नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा गएराती अज्ञात समुहले आगजनी गरेका हुन् ।

घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने गाडी घरको कम्पाउण्ड भित्र पार्किङ गरिराखेको उक्त नम्बरको गाडीमा रातीको समयमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

आगलागीबाट गाडीको पछाडि पट्टिको भाग पूर्णरुपमा जलेको छ । आगलागी कस्ले कसरी गर्यो भन्ने विषयमा केहि पत्ता नलागेको भट्टले बताए ।

(अर्थसरोकारबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: