खुदुनाबारी । कनकाइ नगरपालिका–९ स्थित टेकनारायण बारी, घैलाडुवामा कोच राजवंशी सा“स्कृतिक संरक्षण तथा पर्यटन प्रर्र्ववधन केन्द्रले आफ्नो सभाहलसहित संग्रालय निर्माण कार्य अगाडि बढाएको छ ।
झापा क्षेत्र नम्बर ४ का सांसद प्रेमबहादुर गिरीले भवन शिलन्यास गरेपछि सभाहलसहित सङ्ग्रालय निर्माण कार्य अगाडि बढेको छ ।
नेपालमा लोपोन्मुख अवस्थामा रहेको कोच संस्कृति रीतिरिवाज, भेषभुषा प्रर्वधन गर्ने उद्देश्यले स्थानीय रत्नलाल राजवंशी, खगेन्द्रप्रसाद राजवंशी, प्रेमप्रसाद राजवंशी, सीता राजवंशी, सूर्य राजवंशी, राजेन्द्र राजवंशी, विमलप्रसाद राजवंशी, विष्णुदेव राजवंशी, विमल राजवंशी, टललाल राजवंशीले सभाहल र सङ्ग्रालय निर्माणका लागि स्व. टेकनारायण राजवंशीको स्मृतिमा राजवंशी परिवारले ८ कठा जमिन प्रदान गरेका हुन् ।
सङ्ग्रालय र सभाहल निर्माण कार्यको लागि पर्यटन वोर्ड कार्यालय काँकरभिटा वाट ५ लाख रुपैयाा बजेट विनियोजन गरिसकेको छ ।
कोच राजवंशी सा“स्कृतिक संरक्षण तथा पर्यटन प्रर्वधन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीको सभापतित्व रहेको कार्यव्रmमा धर्मलाल राजवंशीको स्वागत मन्तव्य रहेको थियो ।
कार्यव्रmममा आर्दश क्याम्पस घैलाडुब्वा अध्यक्ष जयप्रकास उप्रेती, पर्यटन वोर्ड कार्यालय झापाका प्रमुख गणेशप्रसाद तिम्सिना, नेपाली काङ्ग्रेस कनकाई नगर सभापति नेत्रप्रसाद चिमरियाले मन्तव्य राखेका थिए ।
कार्यवmममा बोल्ने वक्ताहरुले सङ्ग्रालय र सभाहल निर्माण कार्यको सुरुवातसँगै सकारात्मक सन्देश समाजमा गएको बताएका थिए ।
सांसद गिरीले कार्यव्रmममा उपस्थित स्थानीयवासी हरुलाई सम्वोदन गर्दै आगामी बर्षमा सङ्ग्रालय निर्माणका लागि बार्षिक रुपमा बजेट थप हुँदै जाने बताए ।
गिरीले आव ०७३÷७४ भित्रमा कनकाई नगरपालिका क्षेत्र उज्यालो नगर भइसक्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यव्रmमको सञ्चालन जयप्रकाश राजवंशीले गरेका थिए ।