कोटा किसानको, निर्यात सिङ्गापुरेको

  प्रकाशित मिति
१९ पुष २०७२, आईतवार ०५:३१


su 1

बुधवारे । विदेशबाट आयातीत सुपारीले कोटा हत्याएको कारण स्थानीय किसानले उत्पादन गरेको सुपारीको निर्यातमा समस्या आएको शनिवार यहाँ आयोजित सार्वजनिक सुनुवाई कार्यव्र्रmममा गुनासो गरिएको छ ।

बुधवारेको रामजानकी मन्दिरको सभाहलमा नेपाल सुपारी उत्पादक तथा व्यवसायी सङ्घले आयोजना गरेको सुनुवाई कार्यव्रmममा सुपारी किसानले त्यस्तो गुनासो गरेका हुन् ।

सांसद, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, जिविस प्रतिनिधि, राजनीतिक दलका नेता लगायतका सरोकारवालालाई जवाफदेही वक्ताको रुपमा उभ्याएर आयोजकले सुपारी किसानले भोग्नु परेको समस्याका बारेमा सवालजवाफ गराएको थियो ।

झापामा ९ हजार ७ सय ७२ मेट्रिन टन सुख्खा सुपारी उत्पादन हुने सरकारी आँकडा छ । सरकारले त्यही बमोजिम स्थानीय सुपारी भारत निर्यात गर्ने कोटा निर्धारण गर्दै आएको छ ।

तर स्थानीय किसानहरूका अनुसार सुपारी खेतीका नाममा स्थापित केही संस्था, उद्योग र वाणिज्य सङ्घहरूले व्यापारीसँग मिलेमतो गरेर स्थानीय सुपारीले पाएको निर्यात कोटामा विदेशबाट आयातीत सिङ्गापुरे, मलेशियन र इन्डोनेसियन सुपारी भारत पठाउने धन्धा चलाउने गरिएको छ ।

सार्वजनिक सुनुवाई प्रश्न गर्ने अधिकांश किसानले विदेशी सुपारीलाई स्थानीय भन्दै उत्पत्तिको प्रमाणपत्र दिलाउन र भारत पठाउने धन्धा चलाउन बर्षेनी करोडौँ रुपैयाँको चलखेल हुने आरोप लगाएका छन् ।

‘सुपारीभित्र पैसाको ठूलो खेल छ’, कार्यव्रmममा प्रश्न सोध्ने व्रmममा स्थानीय सुपारी किसान मङ्गल तिवारीले आव्रmोशित मुद्रामा भने–‘सिङ्गापुरे सुपारी भारत पठाउन कोटा सिफारिस गरेवापत आउने पैसा ठूलावडाले बाँडेर खाने गरेका छन् ।’

उनले नेपाल सुपारी खेती विकास संस्थाले पछिल्लो समयमा व्यापारीसँग मिलेर किसानको कोटामा विदेशी सुपारी पठाउन सिफारिस दिने गरेको आरोप लगाए ।

सो संस्थाले मात्र कुन सुपारी स्थानीय किसानले उत्पादन गरेको हो भनेर उत्पत्तिको प्रमाणपत्रका लागि सिफारिस गर्ने एकाधिकार पाएकोमा जवाफदेही वक्ता तथा प्रश्नकर्ता किसान दुबैतिरबाट असन्तुष्टि व्यक्त भएको थियो ।

कार्यव्रmमका प्रमुख अतिथि सांसद रविन कोइरालाले विदेशी सुपारीको आयातका कारण स्थानीय किसानको उत्पादनले बजार नपाउनु दुःखद् भएको बताउँदै सिङ्गापुरे सुपारीको आयात नै बन्द गर्न आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

झापामा सुपारीको अबैध कारोवारका कारण २ हजार भन्दा बढी नागरिकले सार्वजनिक मुद्दा खेप्नु परेको र ५ सय भन्दा बढी प्रहरीले बर्दी फुकाल्नु परेको स्मरण गराउँदै सांसद कोइरालाले किसानले फलाएको सुपारी भारत निर्यातमा मेची भन्सारमै प्रतिबन्ध लगाइनु अन्यायपूर्ण भएको बताए ।

कार्यव्रmममा सांसद रविन कोइराला, मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय डालमिया, नेपाल अलैँची व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र घिमिरे, मेची सुपारी तथा फलफुल विकास संस्थाका अध्यक्ष खड्ग दाहाल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघराज तिम्सिना, नेपाली काङ्ग्रेसका उपसभापति देउमान थेवे लगायतले किसानले सोधेका विभिन्न प्रश्नको जवाफ दिएका थिए ।

किसानहरूले सरोकारवाला निकायका वक्ताहरूलाई किसानका समस्या समाधान गर्न नीतिगत उल्झनहरू हटाएर सहजिकरण गरिदिन माग गरेका थिए । उनीहरूले किसानले उत्पादन गरेको सुपारीको लागि आएको कोटामा बिदेशी सुपारी पठाउन तत्काल रोक्नु पर्ने, मेची भन्सारबाट काँचो सुपारी किसान आफैले भारत निकासी गर्न पाउने व्यवस्था मिलाउनु पर्ने, उत्पत्तिको प्रमाणपत्र जारी गर्ने र सिफारिस गर्ने सिन्डिकेट खारेज हुनुपर्ने, नेताहरूले दोग्ला कुरा गर्न नहुने लगायतका विषय प्रमुखताका साथ उठाएका थिए ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय डालमियाले विदेशी सुपारीले पालिएका मान्छेकै सिफारिसमा मेची भन्सारले किसानका काँचो सुपारीको निर्यात रोकेको दावी गरे । उनले सुपारीले ‘मन्त्रीदेखि सन्त्रीसम्म पालिएको’ जिकीर गर्दै भने–‘विराटनगरबाट डीआइजीकै आँखा अघिल्तिरबाट सिङ्गापुरे सुपारी भटाभट गइरहेको छ ।’

उनले अदुवा र अलैचीको सिफारिस गर्नु नपर्ने तर सुपारीमा चाहिँ उत्पादन संस्थाको सिफारिस चाहिने नियम बनाएर समस्या सिर्जना भएको दावी गरे ।
अलैची व्यवसायी सङ्घका अधयक्ष घिमिरेले आयोजक संस्थालाई बिदेशी सुपारीलाई निर्यात गराउने उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भागवण्डामा नअल्मलिकन किसानको हितमा लागे आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

उनले भन्सार विभागले नै विराटनगरको रानी भन्सारबाट कोटाको सुपारी निर्यात गर्न पाइने चिठ्ठी लेखेको खुलासा गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिम्सिनाले सुपारीको कोटा स्थानीय उत्पादनको सर्वेक्षणका आधारमा तय गरिएको जनाउँदै यसमा पैसाको खेलोमा कार्यालय नफँसेको प्रस्टीकरण दिएका छन् । कतिपय प्रश्नकर्ताले कार्यालयले व्यापारीको प्रभावमा परेर कोटा निर्धारण गरेको आरोप लगाएपछि तिम्सिनाले प्रस्टीकरण दिनु परेको हो ।

नेपाली काङ्ग्रेसका उपसभापति थेबेले विदेशी सुपारीको आयातका कारण वास्तविक किसान पीडामा परेको उल्लेख गर्दै आफु सँधै किसानको पक्षमा रहने बताए ।

मेची सुपारी तथा फलफुल विकास संस्थाका अध्यक्ष दाहालले किसानहरूले डेढ महिनादेखि चलाइरहेको न्यायिक आन्दोलन तुहाउन सुपारीको धन्धावालाले पैसाको अफर गरे पनि आफुहरूले ‘तिम्रा पैसामा विक्दैनौ, आन्दोलन सफल पारेरै छाड्छौँ’ भन्ने जवाफ दिएको बताए ।

कार्यव्रmममा मेची उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष पन्नालाल जैन, बुधवारेका श्रीप्रसाद सिटौला, नेकपा माओबादीका उमेश तिम्सिना, शान्तिनगरका शङ्कर दाहाल लगायत दर्जनौँ व्यक्तिले प्रश्न गरेका थिए ।

सञ्चारकर्मी राजेन्द्र चौलागाइँले सहजिकरण गरेको कार्यव्रmममा नेपाल सुपारी उत्पादक तथा व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद चापागाइँले सभापतित्व गरेका थिए । उनले संस्थाको तर्फबाट अवधारणा प्रस्तुत गरेका थिए भने अधिवक्ता वसन्त नेपालले कार्यव्रmमको निष्कर्ष सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: