मेचीनगर, २५ भदौ । अबदेखि सरकारी कार्यालयहरु फुल फ्लेजमा सञ्चालनमा आउने भएका छन् ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटेसँगै सरकारी कार्यालयहरुले शत प्रतिशत काम सूचारु हुने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
उनले भने ‘अब कोभिडको बिदा पाइँदैन, कार्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालन हुन्छ ।’
उनका अनुसार अब कोभिडको बिदा नहुने र कार्यालयहरु पूर्ण रुपमा सञ्चालन हुनेछन् ।
सरकारी कार्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना गर्ने, सामाजिक दुरी कायम गरेर भएपनि सरकारी कार्यालय पूर्ण रुपमा सञ्चालन हुने र कर्मचारीहरुको उपस्थिति सम्बन्धित कार्यालय प्रमुखहरुको जिम्मेवारी रहने छ ।
(अब दैनिक)