कोभिड नियन्त्रणका लागि मेचीनगरको तयारी

  प्रकाशित मिति
२८ पुष २०७८, बुधबार १८:५५


मेचीनगर, २८ पुस । मेचीनगर नगरपालिकामा आज बसेको नगरस्तरीय कोभिड संक्रमण नियन्त्रण समितिको सर्वदलीय वैठकले मुख्य पाँच वटा विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
नगरपालिकाको सभाहलमा आयोजित कोभिड संक्रमण नियन्त्रण समितिको सर्वदलीय वैठकले पूर्वी नाका काँकरभिट्टामा भारतबाट आएका मानिसहरुको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिए दुवागढीको होल्डिङ सेन्टरमा पठाउन डीसीसीएमसी झापालाई अनुरोध गर्ने, काँकरभिट्टा नाकालाई कडाईका साथ व्यवस्थित गर्ने, सरकारले कोभिड सम्बन्धी गरेको सूचनालाई कार्यान्वयन गर्ने, कोभिड संक्रमण नियन्त्रणका लागि राजनीतिक दल, रेडक्रस झापा, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुसँग समन्वय गर्ने र यो रोग नियन्त्रणका लागि सचेतना तथा प्रचार प्रसारलाई कार्यक्रमलाई तिब्रता दिने निर्णय गरेको हो ।

कोभिड संक्रमण नियन्त्रण समितिका संयोजक नगर प्रमुख बिमल आचार्यको अध्यक्षतामा बसेको वैठकमा उपप्रमुख मिना पोखरेल उप्रेती, वडाध्यक्षहरु, वरिष्ठ प्रशासकीय अधिकृत नगरका राजनीतिक दलका प्रमुखहरु, मेची उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतले कोभिड नियन्त्रणका लागि आ–आफ्ना धारणा राखेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

अहिले विश्वभरी फैलिरहेको तेस्रो लहरको ओमिक्रोन भाइरसका कारण मेचीनगर बासीलाई सुरक्षीत राख्न नाका र आवश्यक ठाँउमा उच्च तयारीका लागि वैठक आयोजना गरिएको वस्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: