कोभिड हस्पिटल बनाउन हाम्रो अवरोध छैन : नागरिक सरोकार समाज

  प्रकाशित मिति
१८ जेष्ठ २०७७, आईतवार १६:३६


पत्रकार सम्मेलनमा धारणा राख्दै नागरिक सरोकार समाजका संयोजक भक्त खवास ।

भद्रपुर, १८ चैत । कोभिड अस्पताल नागरिक सरोकार समाजले अरु विकल्प नभए भद्रपुरको मेची अञ्चल अस्पतालको नयाँ भवनमा नै कोभिड उपचारका लागि हस्पिटल बनाउन स्थानीयबासीको अवरोध नरहने जनाएको छ ।

कोभिड हस्पिटल बनाउन अवरोध पुर्याएको भन्दै भइरहेको प्रचारप्रति गम्भीर आपत्ति प्रकट गर्दै समाजको नेतृत्वले स्थानीय सरोकारवालाहरुका तर्फबाट कहिल्यै पनि कोभिड हस्पिटलको विरोध नगरेको समेत प्रष्टिकरण दिएको छ ।

समाजले कोभिड हस्पिटल बनाउने भनी निर्णय गरिएको मेची अञ्चल अस्पतालको नयाँ भवनमै आइतवार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको हो ।

‘योभन्दा उत्तम विकल्प केही छ भने खोजौं, नत्र हस्पिटलको यही भवन उपयुक्त हो भन्ने अन्तिम निष्कर्ष हो भने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको कोभिड हस्पिटल बनाउन ढिला र अनेक बहानाबाजी नगरौं’–समाजका पदाधिकारीहरुले पत्रकारहरुसँग भनेका छन् ।

बन्ने भनिएको कोभिड अस्पताल भवनबाट देखिएको मेची अञ्चल अस्पतालको मूल भवन ।

उनीहरुले कोभिड हस्पिटलबाट स्थानीय क्षेत्रमा सङ्क्रमण फैलिन नहुने, विपन्नहरुको उपचारको भरोसायोग्य केन्द्र मेची अञ्चल अस्पतालको सेवामा कुनै पनि प्रकारको अवरोध उत्पन्न नहुने र कोभिड हस्पिटल विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड बमोजिमको हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा कोभिड अस्पताल नागरिक सरोकार समाजका संयोजक भक्त खवास, बौद्धिक व्यक्तित्व प्राडा पृथ्वीविक्रम राई, मेची अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष छत्र अधिकारी, भद्रपुर नगरपालिकाका पूर्व मेयर भारतेन्दुकुमार मल्लिक, वडाध्यक्षद्वय गौरव सुब्बा र बन्धु कार्की, नागरिक सरोकार समाजका सदस्य तोया गड्तौला र गुरुप्रसाद सुबेदीले आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: