मेचीनगर । मेचीनगरपालिकाले कोभिड–१९ को खर्च र आम्दानी बारे आफ्नो वेब साइडमार्फत सार्वजनिक गरेको छ ।
बुधबार नगरपालिकाले वेब साइडमार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि कार्य गर्ने विपद् व्यवस्थापन कोषको आय–व्यय सार्वजनिक गरेको हो ।
जेठ ११ गतेसम्मको कोभिड–१९ सम्बन्धिको आम्दानी नगरपालिकाको १ करोड २ लाख ८९ हजार ९ सय ६० रुपैयाँ छ ।
त्यस्तै कोभिड–१९ सम्बन्धिको खर्च ८८ लाख २७ हजार २ सय ६० रुपैयाँ रहेको नगरपालिकाको वेब साइडमा छ ।
कोभिड–१९ को विपद् व्यवस्थापन कोषमा हाल बाँकी १४ लाख ६२ हजार ७ सय रुपैयाँ रहेको छ ।
यसबाहेक नगरपालिकाले वडामार्फत १५ वटै वडामा ३ लाखका दरले राहतमा खर्च गरेका छन् भने हालै वडालाई ४ लाखका दरले रकम छुट्टाइएको बुझिएको छ ।
मेचीनगरपालिकाको वेबसाइडमा प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ र लेखा अधिकृत पदमबहादुर कार्कीको हस्ताक्षर रहेको कोभिड–१९ सम्बन्धिको खर्च र आम्दानी सार्वजनिक गरिएको छ ।