कोभिड–१९ प्रभावित देशमध्ये नेपाल ३४औँ स्थानमा

  प्रकाशित मिति
२४ कार्तिक २०७७, सोमबार १९:३९


झापा, २४ कार्तिक । विश्वभरि कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या पाँच करोड नाघ्दा नेपालमा संक्रमितको कुल संख्या दुई लाख पुग्न लागेको छ ।

कोरोना भाइरस महामारी सम्बन्धी तथ्याङ्कको अभिलेख राख्दै आएको अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार संसारभरि १२.५७ लाख मानिसको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ ।

नेपालमा १,१२६ संक्रमितको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

संक्रमितको संख्या दुई लाख पुग्न लागेको नेपाल कोरोना भाइरस प्रभावित देशको सूचीमा ३४ औँ स्थानमा भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ ।

कोरोनाभाइरसबाट कहाँ कति संक्रमण ? कति मृत्यु ? अन्तकृयात्मक नक्सो . हिउँदमा कोरोना भाइरस ‘बढी फैलिने चिन्ता’, विज्ञहरुले सुझाए यस्ता उपाय
तर धेरै देशमा पर्याप्त परीक्षण नगरिएकाले कोरोनाभाइरसबाट प्रभावित मानिसको संख्या अझै बढी हुनसक्ने बताइन्छ ।

विश्वभरि एकचौथाइ संक्रमितहरु महामारीको दोस्रो लहरमा थपिएको समाचारसंस्था रोएटर्सले जनाएको छ ।

एक करोड २५ लाखभन्दा बढी संक्रमित भेटिएको र तीमध्ये ३,०५,७०० जनाको मृत्यु भएको युरोप महादेशमा फेरि संक्रमण व्यापक रुपमा फैलिएको छ । यो वर्षको आरम्भतिर पनि युरोप कोरोना भाइरस महामारीको केन्द्रबिन्दु थियो ।

कोरोना भाइरस
अमेरिकामा संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । अमेरिकामा तीन दिनदेखि दैनिक वृद्धि १,२५,००० रहेको छ ।

अमेरिकामा राष्ट्रपति–निर्वाचित जो बाडइनले उक्त महामारी नियन्त्रण गर्न आक्रामक उपाय अवलम्बन गर्ने वाचा गरेका छन् । पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को प्रकोपलाई कम आँक्ने गरेका थिए ।

के भारतीयहरु अरुभन्दा बढी कोभिड प्रतिरोधी छन् । दीर्घ कोभिड हुँदा यी ‘चार भिन्न समस्या देखिन सक्छन’ उनले भौतिक दूरी र मास्क लगाउने कुराको पनि विरोध गरेका थिए ।

फ्रान्समा गत सातादेखि दोस्रो चरणको लकडाउन सुरु भएको छ ।

स्पेन कोरोना भाइरस
त्यहाँ डिसेम्बर १ सम्म विभिन्न गतिविधिमा रोक लगाइएको छ । मानिसहरुले काममा जानै पर्ने हुँदा, अत्यावश्यक सामान किन्न जाँदा, औषधोपचारका लागि र दैनिक एक घण्टा व्यायाम गर्नबाहेक घरबाट बाहिर निस्किन पाउँदैनन् ।

युरोपमा यूकेमा सर्वाधिक मानिसको कोभिड–१९ का कारणले मृत्यु भएको छ ।

कोरोना भाइरसबाट नराम्ररी प्रभावित देशमध्ये अमेरिकापछि भारत र ब्रजिल दोस्रो र तेस्रो स्थानमा छन् ।

दक्षिण एशियामा कोरोनाभाइरस. कुन देशमा कति संक्रमित दक्षिण एशियामा सबैभन्दा कम प्रभावित देश भुटान हो भने त्यसपछि माल्दिभ्स र श्रीलङ्का हुन ।

भारतमा अहिलेसम्म ८५.५३ लाख मानिसमा कोभिड–१९ पुष्टि भएको छ भने १,२६,६०० भन्दा केही बढी मानिसको मृत्यु भएको छ ।

दक्षिण एशियामा भारतपछि संक्रमितको संख्याका आधारमा बाङ्ग्लादेश, पाकिस्तान र नेपाल छन् ।

सोमवार नेपालमा २,५७१ संक्रमित थपिएको र १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिले नेपालमा ३६,१७४ जनामा सक्रिय संक्रमण छ भने १,९७,०२४ संक्रमितमध्ये १,५९,७२४ जना निको भइसकेका छन् ।

यसरी बढिरहेको कोरोना भाइरस. नेपालमा कोभिड–१९ महामारी । नेपालमा कोरोना भाइरस संक्रमण १०० वटा नमुना परीक्षण गर्दा कतिवटामा संक्रमण देखिन्छ ? । केही महिनादेखि नेपालमा कोभिड–१९ पुष्टि दर उच्च ।

सोमवार काठमाडौँमा १,१३६ जनासहित अतिप्रभावित राजधानी उपत्यकामा १,४२८ संक्रमित थपिए । अहिले काठमाडौँ उपत्यकामा १९,३८४ सक्रिय संक्रमित छन् । यो कुल सक्रिय संक्रमितको आधाभन्दा बढी हो ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: