जिल्ला विपत व्यवस्थापन समितिका सदस्य एवम् नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार शनिवार झापास्थित निजी अस्पतालका सञ्चालकहरुसँगको बैठकबाट उक्त निर्णय गरिएको हो ।
‘अहिले मेची अस्पतालले हेर्दै गर्छ,’ रेडक्रसका अध्यक्ष ढकालले लोकतन्त्र पोस्टसँग भने–‘बीएन्डसीले पर्सी (सोमवार)देखि शङ्कास्पद विरामी हेर्न थाल्नेछ ।’
बीएन्डसीले पीपीई सेट नभई उपचार गर्न नसकिने जनाएपछि बुद्धशान्ति गाउँपालिकाका अध्यक्षको पहलमा आइतवारसम्ममा २८० सेट पीपीई ल्याउने पहल गरिएको ढकालले बताए ।
उनले निजी हस्पिटलका गेटहरु शनिवारदेखि नै खुला राखिने र सबै हस्पिटलमा फिवर क्लिनिक चलाउने बैठकमा निर्णय भएको जानकारी दिए ।
निजी अस्पतालहरुले पीपीईको अभाव देखाउँदै अस्पतालमा आउने ज्वरोका विरामीलाई उपचार नगरी फर्काउने गरेको जनगुनासो आइरहेको बेला विपत व्यवस्थापन समितिको बैठकले समाधानमुखी निर्णय गरेको हो ।
(फोटोहरु स्थानीय होइनन् । गुगलबाट साभार गरिएका हुन् ।)