कोरोनाको जोखिम सबै मिलेर समाधान गर्न आग्रह

  प्रकाशित मिति
२ असार २०७७, मंगलवार २०:१७


मेचीनगर । प्रदेश नम्बर एकका सभा सदस्य श्रीप्रसाद मैनालीले हाल विश्वमा महामारीका रुपमा फैलिईरहेको कोरोना भाइरसको संक्रमण सामुहिक समस्या भएका कारण यसको समाधान समेत सामुहिकरुपमा सवैले गर्नुपर्ने बताएका छन् ।

पालिका स्तरीय समुदाय प्रहरी साझेदारी मेचीनगर पालिका समितिले मङ्गलबार आयोजना गरेको कोभिड–१९ विरुद्घको सचेतना अभियानको उद्घाटन गदैं प्रदेशसभा सदस्य मैनालीले अहिले यसको संक्रमण दिनप्रतिदिन जटिल बन्दैं गएका कारण यसको संक्रमण रोक्न र फैलिन नदिन आम मानिसहरु सचेत भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रदेश सभा सदस्य मैनालीले अहिले विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको र यस्तो विपद्मा सवैजना उत्तेजित नभई सचेत हुन समेत आम नगरवासीमा आग्रह गरे ।

समुदाय प्रहरी साझेदारी मेचीनगरका संयोजक एवम् नगर प्रमुख विमल आचार्यले नेपाल सरकारद्वारा निषेध गरिएका बाहेक सम्पूर्ण उद्योग व्यवसाय विहान ८ देखिसाँझ ५ बजेसम्म सञ्चालन गर्न आम उद्योगी व्यवसायीहरुलाई आग्रह गदैं नेपाल सरकारले जारी गरेको मापदण्ड पुरा गर्नपर्नेमा जोड दिए ।

उद्योग व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम राख्न, व्यवसायीले अनिवार्य मास्कको प्रयोग गर्न साथै मास्क प्रयोग नगरेका ग्राहकलाई सामान विक्री वितरण नगर्न, व्यवसाय स्थलमा साबुन पानीले हात धुने व्यवस्था गर्न वा स्यानिटाइजरको प्रयोग गर्न, हाट बजार सैलुन पार्लर, पार्टी प्यालेस आदि व्यवसाय सञ्चालन नगर्न तथा साइकल वा मोटर साइकलमा चालक मात्र एकजना सवार गर्न नगरप्रमुख आचार्यले सवैमा आग्रह गरे ।

सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएको भन्दैं उहाँले यसलाई पूर्णरुपमा कार्यान्वयनमा लाग्न समेत आग्रह गरे ।

अर्का प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीसहितको उपस्थितीमा भएको कार्यक्रममा नगरका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिसहितको उपसमिति निर्माण गरिएको छ ।

उपसमितिले नगरका विभिन्न ठाउँमा हातधुँने व्यवस्था तथा सरकारले लकडाउनका बखत तोकेको मापदण्ड पुरा भए नभएको अनुगमन गर्नेछ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, नगरका राजनीतिक दलका प्रमुख प्रतिनिधि, स्काउट, नेपाल रेडक्रसलगायत विभिन्न सघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक देउकुमार लिम्बु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: