कोरोनाबाट दुई डाक्टरको मृत्यु

  प्रकाशित मिति
२ मंसिर २०७७, मंगलवार ०८:३९


झापा, २ मङ्सिर । कोरोना संक्रमणबाट दुई डाक्टरको मृत्यु भएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापाको मृत्यु भएको हो ।

झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का प्राध्यापक समेत हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उनलाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृत्यु भएको बताइएको छ ।

डा. थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन् । कोरोना संक्रमित उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: