कोरोनाबाट मृत्यु भएकाको शब जलाउन कनकाईमा छुट्टै चितास्थल

  प्रकाशित मिति
११ आश्विन २०७७, आईतवार १०:२६


झापा, ११ असोज । कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको दाहसंस्कारका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था मिलाइएको छ ।
कनकाई आर्यघाटमा ५ वटा चितास्थल छन् । जसमध्ये एउटा कोरोना सङ्क्रमितको शबका लागि छुट्याइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

कनकाईमा शनिवार विराटनगरको कोभिड हस्पिटलमा मृत्यु भएका कनकाई–९ का पुरुषको शब आज सोही चितास्थलमा दाहसंस्कार गरिने भएको छ ।

दाहसंस्कारका लागि दाउराको बन्दोबस्त नगरपालिकाकाले गरिदिने जनाएको छ ।

सरकारले गत सातादेखि कोरोना सङ्क्रमितको दाहसंस्कार परिवारले नै आफ्नो परम्परा अनुसार गर्न पाउन् भनेर मृत्युपछि शब दिने गरेको छ ।

तर यस अघि संक्रमितको शब परिवारले पाउँदैनथिए । नेपाली सेनाले परिवारको उपस्थिति बिना नै समाधिस्थ गर्दै आएको थियो ।

झापामा हालसम्म ७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । जसमध्ये एक जनाको शब मात्र परिवारले आफै दाहसंस्कार गर्न पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: