कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो

  प्रकाशित मिति
२२ जेष्ठ २०७७, बिहीबार १७:४९


झापा । कोरोना भाइरसको संकमणबाट नेपाल थप एक जनाको मृत्यु भएको छ ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

पूर्वखोला–२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो ।

मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले भने, –‘रिपोर्ट पोजेटिभ आएपछि हामीले मन्त्रालयमा खबर गरेका छौं ।’

कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन । यससँगै मृत्यु हुनेको संख्या नेपालमा १० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: