कोरोनाबाट मेचीनगरको खयरडाँगीमा एकको मृत्यु

  प्रकाशित मिति
८ श्रावण २०७८, शुक्रबार ०९:२२


धुलावारी, ८ साउन । मेचीनगर वडा नं. १० खयरडाँगी निवासी ६७ वर्षीय होमप्रसाद चम्लागाईको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

केही दिन अघि कोरोना संक्रमणपश्चात अक्सिजन लेभल कम भएपछि उपचारका लागि चम्लागाईलाई विर्तामोडको बीएन्डसी हस्पिटल पुर्याइएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा हिजो साँझ मृत्यु भएको बताइएको छ । चम्लागाईका एक छोरा र तीन छोरी छन् ।

मेचीनगरमा कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित हुनेहरु बढ्दै गएका छन् ।

मेचीनगर–१० को खयरडाँगीमा नगरको विभिन्न वडाबाट समेत आएकाहरु ८४ जनामा हिजो गरिएको एन्टीजेन परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेचीनगरको वडा नं. १० र सो वडाको पनि खयरडाँगी क्षेत्रमा पहिचान नभएका संक्रमितको संख्या ज्यादै धेरै हुनसक्ने अनुमान गरिएको छ ।

घरघरै ज्वरो र रुघा लागेका व्यक्तिहरु रहेको तर कोरोना परीक्षण नगराएको कारण खयरडाँगीको वास्तविक संक्रमण अवस्था थाहा हुन सकेको छैन ।

स्थानीय युवाहरुले गाउँमा संक्रमणको भयावह अवस्थाका बारेमा सरोकारवाला निकायहरुलाई सामाजिक सञ्जालमार्फत घच्घच्याइरहेको भए तापनि वडा कार्यालय, नगरपालिका कार्यालय र स्वास्थ्य कार्यालयका तर्फबाट कुनै कदम चालिएको जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: